• होमपेज
  • बीमा
  • आइएमई जनरलका सिइओ वादेको दोस्रो कार्यकाल सुरु

आइएमई जनरलका सिइओ वादेको दोस्रो कार्यकाल सुरु

  • सोमवार, साउन २३, २०७९
आइएमई जनरलका सिइओ वादेको दोस्रो कार्यकाल सुरु

आइएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठको दोस्रो कार्यकाल आजदेखि सुरुवात भएको छ । कम्पनीको सञ्चालक समितिले असार ७ गते युगेशभक्त बादेलाई पुन नियुक्ति गर्ने निर्णय गरेको थियो । सञ्चालक समितिको निर्णयलाई बीमा समितिले सदर गरे सँगै उनलाई आजदेखि दोस्रो कार्यकालको जिम्मेवारी प्रदान भएको छ ।

श्रेष्ठ २७ वर्षदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन् । बीमा क्षेत्रलाई नै आफ्नो कर्मथली बनाएर यहि क्षेत्रको कासमा निरन्तर लागि परेका श्रेष्ठको नेतृत्वमा गएको ७ वर्षमा उल्लेख्य प्रगति हासिल भएको कम्पनीले जनाएको छ । कम्पनीले उनको नेतृत्वमा उल्लेख्य प्रगति हासिल गर्न सफल भएको भन्दै अर्को एक कार्यकालको जिम्मेवारी दिन सहमत भएको हो ।

सोही अवसरमा कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकालले सिइओ बादे श्रेष्ठ दोस्रो कार्यकालको लागि पुनः नियक्त भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । कार्यकारी अधिकृतको सपथ लिदै श्रेष्ठले आफ्नो कार्यकालमा आइएमई जनरल इन्स्योरेन्सलाई उत्कष्ठ कम्पनीको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सोहि अवसरमा आफुलाई सदैव सहयोग गर्ने नियमन निकायहरु, बीमा समिति, कम्पनीको संचालक समितिका अध्यक्ष लगायत संचालकहरु, शेयरधनी, कम्पनीमा कार्यरत सहकर्मीहरु तथा ग्राहकहरुलाई समेत धन्यवाद दिएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि