• होमपेज
  • प्रविधि
  • कुलबहादुर घिसिङले जिते डिशहोममा १ वर्षको रिचार्ज गर्दा नगद रु. १ लाख

कुलबहादुर घिसिङले जिते डिशहोममा १ वर्षको रिचार्ज गर्दा नगद रु. १ लाख

  • आइतवार, साउन २२, २०७९
कुलबहादुर घिसिङले जिते डिशहोममा १ वर्षको रिचार्ज गर्दा नगद रु. १ लाख

अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने भएको छ।

यो योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकले नजिकैको डिलरदाइकोमा गएर फन्ड ट्रान्सफरमार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन्। यसका साथै यो अफरअन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एकजना भाग्यशाली ग्राहकले लक्कीड्रमार्फत नगद रु. १ लाख जित्ने अवसर पाउनेछन्।

यसै क्रममा तामाकोशी गापा–२ डाँडागाउँका कुलबहादुर घिसिङ तमाङले १ लाख रुपैयाँ जितेका छन्। श्याम इलेक्ट्रोनिक्स इलेक्ट्रिक डिलरअन्तर्गत रहेको जेडीओएल१–९का रविन्द इलेक्ट्रोनिक्सका डिलर दाइकोमा १ वर्ष रिचार्ज गरेर कुलबहादुरले लक्कीड्रमा सहभागी हुने अवसर पाएका थिए।

डिशहोमको तर्फबाट रिजनल सेल्स म्यानेजर उज्ज्वल न्यौपाने र सेल्स अफिसर मिलन लुइँटेलले कुलबहादुरलाई पुरस्कार रकम हस्तान्तरण गरेका छन्।

सम्पूर्ण डिशहोम डीटीएचका ग्राहकले यो योजनामा सहभागी जनाई लाभ लिने कम्पनीले लिएको छ। लक्कीड्रको प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टीभी, रमाइलो एचडी, सरोकार टीभी, नेपाः च्यानल र डिशहोम सोकेसमा हेर्न सकिने कम्पनीले जनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार