• होमपेज
  • अर्थ/वाणिज्य
  • एनसेलको युवावर्ग लक्षित ‘सही यो ! पावर सिम’

एनसेलको युवावर्ग लक्षित ‘सही यो ! पावर सिम’

  • आइतवार, साउन २२, २०७९
एनसेलको युवावर्ग लक्षित ‘सही यो ! पावर सिम’

एनसेल आजियाटा लिमिटेडले युवाहरुले धेरै मन पराएको आफ्नो स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ पुनः संचालनमा ल्याएको जनाएको छ। इन्स्टाग्राम, माईफाइभ लगायत विभिन्न डिजिटल सेवाहरुमा निःशुल्क पहुँचका साथै आकर्षक बन्डल सेवा यो प्याकको प्रमुख विशेषता हो।

ग्राहकले करसहित मात्र रु. ९७ मा सोमबार (साउन २३) बाट यो सिम लिन सक्नेछन्। यो सिममा ग्राहकले रु. २० को मेन ब्यालेन्स सहित सात दिन समयावधि रहेको २०० एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० वटा अन नेट एसएमएस पाउनेछन्।

यसका साथै युवाहरुको लागि विशेष यस सही यो प्याक लिने ग्राहकले प्याक सुचारु भएको दिनबाट ३० दिनसम्म इन्स्टाग्राम सेवा नन्स्टप रुपमा निःशुल्क चलाउन सक्नेछन्। यति मात्र हैन यो प्याक सुचारु गर्ने ग्राहकले ३० दिन सम्म माईफाइभ सेवा पनि निःशुल्क सुचारु गर्न सक्नेछन्। माईफाइभ सेवाअन्तर्गत ग्राहकले कुनै ५ वटा एनसेल नम्बरहरु पेयर गरी ती पाँच माईफाइभ नम्बरहरुमा प्रतिमिनेट मात्र ५० पैसामा कुराकानी गर्न सक्नेछन्।

यस प्याकको अर्को विशेषता भनेको ग्राहकले सीम सुचारु गरेको २ देखि ६ महिनाको अवधिभित्र रु. ५० वा सोभन्दा बढी रिचार्ज गरेमा निःशुल्क इन्स्टाग्राम र माईफाइभ सेवा पुनः सुचारु हुनेछ। निःशुल्क इन्स्टाग्राम र माईफाइभ सेवा कुल ६ महिना संचालनमा रहने छ। ग्राहकले एस्ट्रिक्स१७१६४ह्यास डायल गरी माइफाइभ सेवा अन्तर्गत कुनै पाँच एनसेल नम्बर पेयर गर्न सक्छन् र आफ्ना साथीभाइ तथा परिवारसँग सुलभ दरमा धेरैभन्दा धेरै कुराकानी गर्न सक्छन्।

यसै प्या अन्तर्गत ग्राहकले मेरो स्कुल, रमाइलो गेम्स् र हङगामा म्यूजीक जस्ता विभिन्न डिजिटल सेवाहरुको ३० दिनसम्म निःशुल्क मजा लिन सक्नेछन्।

यो सिम लिनका लागि ग्राहकले नागरिकता वा म्याद नसकिएको सवारी चालक अनुमतिपत्र वा राहदानी, पासपोर्ट साइजको एक प्रति फोटो र म्याद नसकिएको विद्यार्थी परिचयपत्र आवश्यक पर्दछ।

युवाहरुद्वारा निकै नै रुचाइएको ‘सही यो ! पावर सिम’ स्टार्टर प्याक विशेष र बन्डलिङसहित अझै धेरै सेवा सुविधाका साथ ल्याउन पाएकोमा कम्पनी खुसी रहेको एनसेलले जनाएको छ। यो योजनाले युवावर्गको सञ्चार सेवाको आवश्यकता परिपूर्ति गर्नुका साथै उनीहरुले बढी प्रयोग गर्ने सेवाहरुमा सहज र सरल पहुँच बनाउने विश्वास एनसेलको रहेको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि