• होमपेज
  • वाणिज्य बैंक
  • सानिमा बैंकका ग्राहकले अन्नपूर्ण केबलकारको टिकटमा १० प्रतिशत छुट पाउने

सानिमा बैंकका ग्राहकले अन्नपूर्ण केबलकारको टिकटमा १० प्रतिशत छुट पाउने

  • मङ्लबार, असार २१, २०७९
सानिमा बैंकका ग्राहकले अन्नपूर्ण केबलकारको टिकटमा १० प्रतिशत छुट पाउने

सानिमा बैंक र अन्नपूर्ण केबलकार बीच २०७९ आषाढ २० गते समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी अन्तर्गत बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैंकको मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान वा डेबिट क्रेडिट कार्ड मार्फत् रकम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।

उक्त समझदारी पत्रमा सानिमा बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख सुदिप कुमार हलवाई र अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार