• होमपेज
  • बीमा
  • सानिमा लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न, ४.२४ प्रतिशत लाभांश पारित

सानिमा लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न, ४.२४ प्रतिशत लाभांश पारित

  • मङ्लबार, असार २१, २०७९
सानिमा लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न, ४.२४ प्रतिशत लाभांश पारित

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा स्मार्ट दरबार ब्यांक्वेट, धुम्बाराही, काठमाडौंमा  सम्पन्न भएको हो । सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने अघिल्लो आर्थिक वर्ष ०७६/७७ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू हिसाब, नगद प्रवाह,नाफा नोक्सान लगायतका वित्तीय सूचकहरु छलफल गरी पारित गरेको छ।

साथै आर्थिक वर्ष २०७७ /७८ को लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव समेत पारित गरेको छ । सभाले कम्पनीको मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको ४ दशमलव २ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनका लागि शून्य दशमलव २२ प्रतिशत नगद लाभांशलाई समेत पारित गरेको छ ।

सभाले संचालक समितिमा सर्वसाधारणको तर्फबाट प्रतिनिधित्व गर्ने गरी दुई जना सञ्चालक निर्बिरोध चयन गरेको छ । सर्बसाधारण समुहबाट केशबराज केसी र शिबहरि घिमिरे निर्बिरोध निर्वाचित भएका छन् । कम्पनीको अधिकृत तथा चुक्ता पूँजी बृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनमा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन आएमा सो सम्बन्धी कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव अनुमोदन गरेको छ ।

साथै, अन्य कुनै जीवन बीमा कम्पनीसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने कार्यका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले अनुमोदन गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने