• होमपेज
  • समाचार
  • फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो

फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो

  • सोमवार, असार २०, २०७९
फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज रातीदेखि लागू हुने गरे  निगमले पेट्रोल प्रतिलिटर २ वृद्धि गरेको छ । भने डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्य बढाएको छ ।  निगमले हवाई इन्धनको पनि मूल्य बढाएको छ । निगमका अनुसार आन्तरिकतर्फ प्रतिलिटर  ५ रुपैयाँ वृद्धि गरेको छ ।

पछिल्लो १५ दिनमा प्रशोधित पेट्रोलियम पदार्थहरूको अन्तर्राष्ट्रिय बजार मूल्यमा भएको बृद्धि अनुरुप इण्डियन आयल कर्पोरेशन लिमिटेडबाट असार १७ गते प्राप्त नयाँ मूल्यसूची अनुसार विक्री मूल्य समायोजन गर्नु परेको निगमको भनाई छ ।

त्यस्तै, अझै निगमलाई घाटा नै रहेको र अन्तर्राष्ट्रिय बजार मूल्य वृद्धि भएका कारण निगमले आगामी जुलाई ८ भित्र ३० अर्ब रुपैयाँ तिर्न पर्ने भएको समेत उल्लेख गरेको छ । उक्त बाकी भुक्तनी रकम समेत निगमले तिर्न नसक्ने अबस्था भएकाले इन्धनको मूल्य बढाउन परेको निगमको भनाइ छ ।

Facebook Comments

सम्बन्धित समाचार