• होमपेज
  • बीमा
  • ज्योति लाईफले गर्यो ‘गो डिजिटल च्याम्पियन’ को शुरुवात

ज्योति लाईफले गर्यो ‘गो डिजिटल च्याम्पियन’ को शुरुवात

  • आइतवार, जेष्ठ २२, २०७९
ज्योति लाईफले गर्यो ‘गो डिजिटल च्याम्पियन’ को शुरुवात

ज्योति लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ता तथा बीमितहरुलाइ प्रविधिको उपयोग बढाउन मद्दत पुर्याउने उद्देश्ये ‘गो डिजिटल च्याम्पियन’ को शुरुवात गरेको छ । यो च्याम्पियनको पहिलो कार्यक्रम बाग्मती प्रदेश अन्तर्गत काठमाण्डौ उपत्यका भित्रका ५० भन्दा बढी एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुको उपस्थितमा केन्द्रिय कार्यलयको तालिम हलमा सम्पन्न भएको थियो ।

कार्यक्रममा कम्पनीका सूचना प्रविधि विभाग प्रमुखले ज्योति लाईफले उपयोगमा ल्याएका स्मार्ट एप, अनलाईन मार्फत बीमाशुल्क भुक्तानी, क्युआर कोड मार्फत बीमा शुल्क भुक्तानी, अनलाइनबाट नै जीवन बीमा गर्ने तरिका, बैदेशिक रोजगार बीमालेख लिने तरिका बताएका थिए । साथै, ज्योतिबोटको माध्यमबाट आफुलाइ आवश्यक परेको जानकारी मोबाइलबाट सजिलै लिन सकिने विषय जस्ता विविध डिजिटल प्रविधिहरुको बारेमा जानकारीमुलक प्रस्तुति दिदैं प्रविधिको उपयोगबाट लिन सकिने फाइदाहरुको बारेमा जानकारी दिएका थिए ।

सहभागिहरुसंग दैनिक जिवनमा आइपर्ने कार्यमा डिजिटल च्यानलको उपयोग सम्बन्धमा अन्तरक्रिया समेत गरिएको थियो । सोही कार्यक्रम मार्फत अभिकर्ताहरुलाइ उपयोगि हुने भिडियो समेत सार्वजनिक गरिएको छ । कार्यक्रममा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार