• होमपेज
  • बीमा
  • प्राइम लाइफ इन्स्योरेन्स १५ औँ बर्षमा प्रवेश

प्राइम लाइफ इन्स्योरेन्स १५ औँ बर्षमा प्रवेश

  • आइतवार, जेष्ठ २२, २०७९
प्राइम लाइफ इन्स्योरेन्स १५ औँ बर्षमा प्रवेश

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी १४ वर्ष पुरा गरि १५ वर्षमा प्रवेश गरेको छ । २७८ करोड चूक्ता पूँजी रहेको यस कम्पनी १५ वर्षमा प्रवेश गरेको हो ।

१५ वर्षमा आइपुग्दा कम्पनीको चूक्ता पूँजी २७८ करोड पुगेको छ । यस्तै कम्पनीको जीवन बीमा कोषमा १७६३ करोड, हालसम्म आर्जन गरेको कूल बीमाशुल्क २६०४ करोड, कूल बीमालेख संख्या १७ लाख ५९ हजार ३४४ रहेको छ । त्यस्तै कम्पनीको लगानी १८.३४ करोड रहेको छ ।

सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराइले आगामी दिनमा समेत कम्पनीले ग्राहकहरुमा थप सेवा सुविधा प्रदान गर्दै जानेमा जोड दिने बताए । हाल कम्पनीले १७ प्रकारका बीमा योजना बजारमा उपलब्ध गराइरहेको छ । कम्पनीले सो अवसरमा सिरहाको मुसर बस्तिमा भाँडाकुडा सहयोग गरेको छ ।

हाल प्राइम लाइफ इन्स्योरेन्सका ग्राहकहरुले कनेक्ट आइपिएस तथा एनसिएचएल आइपिएस, इसेवा, फोनपे, खल्ति, जस्ता अनलाइन सेवा मार्फत समेत इन्टरनेटको माध्यमबाट घरमै बसि बीमाशुल्क लगायतको भुक्तानी गर्न सक्ने छन भने अन्य सम्बन्धित पक्षहरुले समेत भूक्तानी प्राप्त गर्न कार्यालयमै उपस्थित हुन नपर्ने अवस्थ रहेको छ । प्राइम लाइफ इन्स्योरेन्सले देशभरमा विभिन्न १५५ भन्दा बढी स्थानहरुबाट छिटो तथा सहज जीवन बीमा सेवा उपलब्ध गराउंदै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि