• होमपेज
  • वाणिज्य बैंक
  • एनआईसी एशिया बैंकले गर्यो घातक रोगको १० लाख बीमा रकम भुक्तानी

एनआईसी एशिया बैंकले गर्यो घातक रोगको १० लाख बीमा रकम भुक्तानी

  • बुधबार, जेष्ठ १८, २०७९
एनआईसी एशिया बैंकले गर्यो घातक रोगको १० लाख बीमा रकम भुक्तानी

एनआईसी एशिया बैंकले कपिलवस्तुका गुजराती राइदासको परिवारलाई घातक रोगको बीमा वापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ ।

बैंकले न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत ‘डायमण्ड श्रेणी’ को खाता खोलेकी राइदासको उपचारको क्रममा मृत्यु भएपछि उनको पतीलाई बीमा रकम भुक्तानी गरेको हो ।

निजको पति भगौती प्रसाद राइदासलाई यस बैंकको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख तिलक सुन्दर कार्कीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । लाभदायीलाई नेको इन्स्योरेन्ससँगको सहकार्यमा उक्त बीमा रकम भुक्तानी गरिएको हो ।

यस बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका ९३८ जना भन्दा बढी ग्राहकहरूले घातक रोग बीमा वापत १ करोड ८० लाख, दुर्घटना बीमा वापत ३ करोड र मेडिकल बीमा वापत २ करोड ६१ लाख गरी कुल ४ करोड ७१ लाखभन्दा बढी बीमा रकम प्राप्त गरिसकेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा