• होमपेज
  • प्रविधि
  • ‘आइएमई पे’ मोबाइल वालेटले ‘रिफर एन्ड अर्न’ अफरमार्फत दिँदैछ रु. २५ बोनस

‘आइएमई पे’ मोबाइल वालेटले ‘रिफर एन्ड अर्न’ अफरमार्फत दिँदैछ रु. २५ बोनस

  • बुधबार, जेष्ठ १८, २०७९
‘आइएमई पे’ मोबाइल वालेटले ‘रिफर एन्ड अर्न’ अफरमार्फत दिँदैछ रु. २५ बोनस

आइएमई पेले प्रयोगकर्तामाझ ‘रिफर एन्ड अर्न’ अफर ल्याएको छ।

यस अफरअन्तर्गत आइएमई पे एपका प्रयोगकर्ताले आफ्नो एपमा रहेको ‘रिफर कोड’ आफ्नो साथीभाइमाझ सेयर गर्नुपर्छ। प्रापकले सो कोड स्वीकारेर आइएमई पे एप डाउनलोड गरी केवाईसी रुजु भएर प्रयोग गरेपश्चात दुवैजनाले रु. २५ आफ्नो आइएमई पे वालेटमा पाउनेछन्।

प्रयोगकर्ताले एउटा रिफर कोड धेरैपटक प्रयोग गर्न मिल्छ। प्रयोगकर्ताले आफ्नो आइएमई पे एपको ‘रिफर फ्रेन्ड’ भागबाट वा https://app.imepay.com.np/links/invite बाट रिफर कोड प्राप्त गर्न सक्नेछन्।

आइएमई पेले यस अफर ल्याउनको मुख्य उद्देश्य आफ्नो सम्भावित ग्राहकलाई आइएमई पे एप डाउनलोड गरी डिजिटल भुक्तानी माध्यममा परिणत हुन प्रोत्साहन दिने बताएको छ। यस अफरले अवस्थित सेवाग्राही पनि यस एप निरन्तर रुपमा प्रयोग गर्न सानो प्रोत्साहन दिने आइएमई पेले विश्वास राख्दछ।

झन्डै ३५ हजार एजेन्ट आउटलेट सञ्जाल भएको ‘आइएमई पे’ आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो। यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो।

आइएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैँले अथवा एजेन्टहरुको सहयोग लिएर मोबाइलमार्फत विभिन्न किसिमका भुक्तानीसम्बन्धी कार्य गर्न सक्नेछन्। यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआरमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बिल भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ। आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ सुविधा प्राप्त नेपालीलगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ।

मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ। विभिन्न प्रकारका बिल भुक्तानी एवं जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्वपूर्ण विशेषता हो।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि