• होमपेज
  • वाणिज्य बैंक
  • नेपाल बैंक र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिबीच सम्झौता

नेपाल बैंक र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिबीच सम्झौता

  • सोमवार, जेष्ठ १६, २०७९
नेपाल बैंक र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिबीच सम्झौता

नेपालको पहिलो बैंक नेपाल बैंक र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पोखराबीच वित्तीय कारोवारहरु गर्ने सम्झौता भएको छ ।

सम्झौता पत्रमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका तर्फबाट अध्यक्ष एवम् वरिष्ठ समाजसेवी गणेश बहादुर श्रेष्ठ र बैंकका तर्फबाट गण्डकी प्रादेशिक कार्यालयकी प्रमुख प्रतिमा श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

क्त समझदारी पश्चात विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति मातहतका विभिन्न सामाजिक क्रियाकलाप, समितिका सदस्य तथा कर्मचारीहरुले नेपाल बैंक मार्फत गरिने वित्तीय कारोवारमा विशेष छुट प्राप्त गर्नेछन् ।

नेपालभर २१७ शाखाहरु, १७९ एटिएम साथै ४७ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार