• होमपेज
  • समाचार
  • मेयर बालेनको पहिलो निर्णय : नगरसभाको बैठक लाइभ गर्ने

मेयर बालेनको पहिलो निर्णय : नगरसभाको बैठक लाइभ गर्ने

  • सोमवार, जेष्ठ १६, २०७९
मेयर बालेनको पहिलो निर्णय : नगरसभाको बैठक लाइभ गर्ने

काठमाडौं महानगरपालिकाले नगरभित्रका होटलहरूका शौचालयहरूलाई पनि सार्वजनिक शौचालयको रुपमा प्रयोग गराउने अवधारणा ल्याएको छ । मेयर बालेन शाहले महानगरपालिका भित्र छुट्टै सार्वजनिक शौचालय निर्माण गरेर मात्र आवश्यकताको पूर्ति हुने नदेखिएको भन्दै होटलहरुको प्रयोग गर्ने नीति लिइएको बताए ।

यसका लागि पहिलो चरणमा केही होटल तथा रेष्टुरेन्टहरुसँग आफ्नो कुरा भइसकेको र थप होटलहरूसँग पनि यसका लागि प्रस्ताव गर्ने उनले बताए । होटलको शौचालय प्रयोग गरेबापत सर्वसाधारणले पैसा तिर्नु नपर्ने समेत मेयर शाहले बताए ।

सार्वजनिक शौचालयका लागि सहमति दिने होटललाई महानगरले स्टिकर प्रदान गर्ने र सोका आधारमा सर्वसाधारणले शौचालय प्रयोग गर्न पाउने उनले बताए । निर्वाचन भएपछि आफ्नो घोषणा बमोजिम पहिलो नगरसभाको बैठक लाइभ गरेका मेयर शाहले महानगरको फोहोर व्यवस्थापन, खानेपानी, ढल निकासी लगायत अन्य सरोकार पक्षमा महानगरले तत्काल एक्सन लिने बताए ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि