• होमपेज
  • वाणिज्य बैंक
  • सेञ्चुरी बैंकका एकै दिन ३ नयाँ शाखा सञ्चालनमा

सेञ्चुरी बैंकका एकै दिन ३ नयाँ शाखा सञ्चालनमा

  • बिहिबार, बैशाख ८, २०७९
सेञ्चुरी बैंकका एकै दिन  ३ नयाँ शाखा सञ्चालनमा

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले  विहीबार थप ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले छुट्टछुटै कार्यक्रमहरुकाबीच उक्त शाखाहरुको उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए ।

बैंकले एकै दिन कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नं. ४ को महेन्द्रनगर बजारमा महेन्द्रनगर शाखा, कैलालीको लम्की नगरपालिका वडा नं. १ लम्की बजारमा लम्की शाखा र बर्दियाको गुलरिया नगरपालिका वडा नंं. ७ को गुलरिया बजारमा गुलरिया शाखा सञ्चालनमा ल्याएको हो । बैंकको शाखा उद्घाटन कार्यक्रममा विशिष्ट व्यक्तिहरु, उद्यमी व्यवसायीहरु, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख संचालन अधिकृत अनिल रेग्मीलगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

२०७८ चैत्र मसान्तसम्ममा बैंकले रु. ९२ अर्ब ९६ करोड निक्षेप संकलन रकर्जा रु. ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी भएको बैंकको दावी छ  हो । बैंक पहिलो पटक खुद मुनाफा रु. १ अर्ब कटाउन सफल भएको छ ।

देशका सुगमतथादुर्गम क्षेत्रसम्म सेवाविस्तार गर्ने उद्देश्यकासाथ बैंकले देशकाविभिन्न स्थानहरुमाशाखा, शाखारहित बैंकिङ्गतथा एक्सटेन्सन काउण्टरहरु संचालनमाल्याई बैंकिङ्ग सेवाप्रदानगर्दै आएको छ । थपतीनशाखा संचालनमा आएपछि बैंकको कुलशाखा संख्या १३३पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४शाखारहित बैंकिङ्ग र ११३ वटा एटिएम मार्फत वित्तीय सेवाप्रदानगर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि