• होमपेज
  • विकास बैंक
  • कामना सेवा विकास बैंकद्वारा आठौं शाखारहित बैंकिङ सेवा सञ्चालन

कामना सेवा विकास बैंकद्वारा आठौं शाखारहित बैंकिङ सेवा सञ्चालन

  • बिहिबार, बैशाख ८, २०७९
कामना सेवा विकास बैंकद्वारा आठौं शाखारहित बैंकिङ सेवा सञ्चालन

कामना सेवा विकास बैंकले  नयाँस्थानहरूमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवाविस्तार गर्ने क्रममा विहीबार लमजुङको मध्यनेपाल न.पा. वडा नंं ०२ सोती पसलमा शाखा रहितबैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

मध्यनेपाल न.पा. वडा नंं ०२ सोती पसलस्थित पौडेल इलेक्ट्रिक पसल(प्रो. लक्ष्मण पौडेल) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । कामना सेवा विकास बैंकका सञ्चालक चतुराखर अधिकारी र  वडा नं. १ का वडा अध्यक्ष चन्द्रमणि पौडेल तथा वडा नं. २ का वडा अध्यक्ष पदमबहादुर थापाले संयुक्तरुपमा उक्त शाखा उद्घाटन गरेका छन् ।

कार्यक्रममा उद्योग वाणिजय संघका अध्यक्ष ऋषी राम पुरी र मंगला माध्यमिक विद्यालयका प्रधानध्यापक विष्णु हरि बास्तोला लगायत बैंकका अन्य कर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीय बासिन्दाको उपस्थिती रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार