• होमपेज
  • विकास बैंक
  • मुक्तिनाथ विकास बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा १०% छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा १०% छुट

  • बिहिबार, चैत्र २४, २०७८
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा १०% छुट

मुक्तिनाथ विकास बैंक र दराजबीच सम्झौता भएको छ ।बैंकका भिषा डेविट कार्डवाहक ग्राहकले नयाँ वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट दिनको लागि यस्तो सम्झौता गरेको जनाएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरि अनलाइनबाटै भिषा डेविट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकको भिषा डेविट कार्ड प्रयोगकर्ताहरुले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९ अभियान चैत्र २८ गतेदेखि सिमित समयको लागी डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १०% वा १ हजारसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नु पर्दछ । आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नको लागि ग्राहकहरुले आजै बैंकको नजिकको शाखामा आवेदन दिन आग्रह गरेको छ ।

बैंकका ग्राहकहरुलाई नयाँ वर्षमा सजिलोसगँ घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न भन्दै यस्तो सम्झौता गरेको बताइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार