• होमपेज
  • विकास बैंक
  • कामना सेवा विकास बैंकद्वारा चितवनमा नयाँ शाखा विस्तार

कामना सेवा विकास बैंकद्वारा चितवनमा नयाँ शाखा विस्तार

  • आइतवार, चैत्र २०, २०७८
कामना सेवा विकास बैंकद्वारा चितवनमा नयाँ शाखा विस्तार

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा चितवन जिल्लाको भरतपुर महानगरपालिका–२६ ज्योतिनगरमा १३५औँ शाखा कार्यालय स्थापना गरी आजबाट सञ्चालनमा ल्याएको छ। योसँगै चितवन जिल्लामा बैंकको शाखा संख्या १० पुगेको छ।

बैंकले व्यवसाय विस्तारका क्रममा नवीनतम प्रोडक्टहरु तथा बृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकलाई उच्चस्तरको बैंकिङ सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ। बैंकिङ पहुंच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य सहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष्य रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए।

सोसल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङजस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहकलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ।

बैंकले १३४ वटा शाखा, १ वटा विस्तारित काउन्टर, ७ वटा शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटीएममार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

 

Facebook Comments

सम्बन्धित समाचार