• होमपेज
  • समाचार
  • नेपाल वेयरहाउजिङको खाद्यान्न भण्डारण गृह सञ्चालनमा

नेपाल वेयरहाउजिङको खाद्यान्न भण्डारण गृह सञ्चालनमा

  • आइतवार, चैत्र २०, २०७८
नेपाल वेयरहाउजिङको खाद्यान्न भण्डारण गृह सञ्चालनमा

नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको खाद्यान्न भण्डारण गृह सञ्चालनमा आएको छ।

यो कम्पनीको सुनसरी जिल्लाको गढी गाउँपालिका–२ औरावनीमा खाद्यान्न भण्डारी निर्माण सम्पन्न भई आजबाट व्यवसायिक रुपमा सञ्चालनमा ल्याइएको हो। यो भण्डारण गृहको कुल क्षमता १५ हजार मेट्रिकटन रहेको छ। यस भण्डारण गृहमा तत्काल गहुँ, मकै र भटमास भण्डारण गरिनेछ।

यसका साथै पर्सा र कपिलवस्तु जिल्लामा निर्माण भइरहेको भण्डारण गृहहरु पनि छिट्टै सञ्चालनमा आउने कम्पनीले जनाएको छ।

यो कम्पनी स्थापना गर्नुको मुख्य उद्देश्यहरुमध्येमा प्रमुख उद्देश्य खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु रहेको छ। कृषकको आवश्यकताबमोजिमको सुरक्षित तथा वैज्ञानिक तबरको भण्डारण गृह हालसम्म सञ्चालनमा नरहेको हुँदा आफ्नो उत्पादनलाई तत्काल सस्तो मूल्यमा वजारमा विक्री गर्नुपर्ने बाध्यता कृषकसँग रहिरहेको छ। अर्कोतर्फ त्यही खाद्यान्न केही महिनाको छोटो अन्तरालमा महँगो मूल्यमा कृषक समेतले दैनिक उपभोगका लागि खरिद गर्नुपर्ने अवस्था छ।

यो समस्याको समाधानका लागि नेपाल वेयरहाउजिङले देशका तीन वटा जिल्ला सुनसरी, पर्सा र कपिलवस्तुका औद्योगिक महत्वका  सहरहरुमा साइलो प्रविधिमा आधारित खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषक, कृषि वस्तु संकलक, खाद्यान्न प्रशोधक, औधोगिक प्रतिष्ठान तथा दाना उत्पादकहरुलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको छ। कृषकहरुबाट उत्पादित खाद्यान्न भण्डारण गर्नका साथसाथै कृषकहरुलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्त हुने अवसर प्रदान गर्न कम्पनीले ती तीनवटै जिल्लामा निर्माण हुने भण्डारण गृहको परिसरमा बोलकबोलका माध्यमबाट खाद्यान्न किनवेच हुने वातावरण र पद्धतिलाई समेत व्यवस्थित गर्ने लक्ष्य राखेको छ।

यसका साथै कम्पनीले कृषक तथा खाद्यान्न संकलकहरुलाई घर खर्च तथा अर्को बालीका लागि आवश्यक पर्ने पूँजीको अभाव हुन नदिन निजहरुले कम्पनीको भण्डारण गृहमा राखेका खाद्यान्नको परिमाणलाई धितो मानेर वेयरहाउस रसिदका आधारमा बैंक तथा वित्तीय संस्थाहरुमार्फत ऋण प्राप्त गर्ने उचित व्यवस्थापन गरिएको छ।

यस कम्पनीले संचालन गर्न लागेको र निर्माण भइरहेका परियोजनाहरुको लागत रु. १३९ करोड रहेकोमा सो लगानीमध्ये रु ९४ करोड ऋण र बाँकी स्वपूँजी परिचालन गरिनेछ। ऋणको व्यवस्थापन एभरेस्ट बैंकको अगुवाइमा नेपाल एसबीआई बैंक, हिमालयन बैंक, बैंक अफ काठमाण्डू र कृषि विकास बैंकको सहवित्तीयकरणमा गरिएको छ।

यस कम्पनीमा निम्बस समूह, शिखर इन्स्योरेन्स, प्रोबियोटक इन्डस्ट्रिज, श्रीनगर एग्रो फार्म, एनएमवि बैंक, टिम भेन्चर्स, टिएनआई इन्भेस्टले लगानी गरेका छन्।

पछिल्लो चरणमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, मुक्तिनाथ कृषि कम्पनी,  हिमालयन क्यापिटल, आइएमई जनरल इन्स्योरेन्स, हाथवे इन्भेस्टमेन्ट, अल्फा क्यापिटल, आध्यानता फन्ड म्यानेजमेन्टसमेतले पुँजी लगानी गरेका छन्। यस कम्पनीमा उपरोक्त लगानीकर्ताबाट रु कुल चालु पुँजी रु. ६८.७५ करोडको ८०% ले हुन आउने रु. ५५ करोडको सेयर लगानी भइसकेको छ।

यसका साथै आगामी आर्थिक वर्ष २०७९÷८० मा सार्वजनिक निष्कासनबाट कुल जारी पुँजीको २०% बराबरको रकम रु १३.७५ करोड जम्मा गरिने कम्पनीले जनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि