• होमपेज
  • बीमा
  • यूनियन लाइफद्धारा २१ लाख १२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

यूनियन लाइफद्धारा २१ लाख १२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

  • बुधबार, चैत्र २, २०७८
यूनियन लाइफद्धारा २१ लाख १२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी रकम भुक्तानी गरेको छ । कम्पनीको भद्रपुर शाखाले मृतकको परिवारलाई बीमा दाबी वापतको २१ लाख १२ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

कोरोना संक्रमणका कारण ज्यान गुमाएका भद्रपुर नगरपालिका वडा नं.४ का बिमित विजयसिंह राजवंशीको परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

मृतक राजवंशीले भद्रपुर शाखामा २०७६ पुस २९ गते २० लाखको वार्षिक अग्रीम भुक्तानी जीवन बीमा गरेका थिए । मृतक राजवंशीले पहिलो किस्ता र दोस्रो किस्ता बापत २ लाख ४ हजार ३५२ रुपैंया भुक्तानी गरेका थिए ।

उक्त दाबी बापतको रकम कम्पनीका प्रदेश १ का प्रमुख भूपराज पराजुली, भद्रपुर नगरपालिकाका नगरप्रमुख जीवन श्रेष्ठ, भद्रपुर नगरपालिका वडा नं।६ का वडाध्यक्ष प्रेम बडुवाल, एमडिआरटी रबिन शिवाकोटी, राजु पाठक र सिनियर एजेन्सी मेनेजर खिबराज दाहालले मृतक राजवंशीकी श्रीमती ललिता राजवंशीलाई हस्तान्तरण गरेका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार