• होमपेज
  • वाणिज्य बैंक
  • सिटिजन्स बैंकको वार्षिकोत्सवमा ग्राहकलाई छुटैछुट, क्यासब्याकदेखि बीमा सुबिधासम्म उपलब्ध

सिटिजन्स बैंकको वार्षिकोत्सवमा ग्राहकलाई छुटैछुट, क्यासब्याकदेखि बीमा सुबिधासम्म उपलब्ध

  • बुधबार, चैत्र २, २०७८
सिटिजन्स बैंकको वार्षिकोत्सवमा ग्राहकलाई छुटैछुट, क्यासब्याकदेखि बीमा सुबिधासम्म उपलब्ध

सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो १५औं वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकलाई विभिन्न स्किम ल्याएको छ। वैशाख ७ गतेको १५औ वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले चैत ७ गतेदेखि वैशाख ७ गतेसम्म १ महिनाको लागि लागू हुनेगरि विभिन्न सेवा सुविधामा छुट र क्यासब्यक दिने छ।

बैंकले यो योजना अन्तर्गत डेविट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले  पस मेसिन र अनलाईन मार्पmत १००० वा बढीको कारोबार गर्दा एक मुष्ठ २०० क्यासब्याक दिइने छ।

यसैगरी पहिलो पटक क्युआर कोडमार्पmत भुक्तानी गर्ने ग्राहकहरुको लागि १०० रुपैयाँको क्यासब्याक प्रदान गरिने व्यवस्था गरिएको छ। डिजिटल भुक्तानीको अर्को माध्ययम इकम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधी भरमा इकम कार्ड लिन चाहाने ग्राहकलाई यो कार्ड निःशुल्क रुपमा उपलब्ध गराउने छ।

त्यस्तै, ५ लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बीमा तथा ५० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा सुविधा सहितको सिटिजन्स संरक्षित बचत खाता खोल्दा निःशुल्क डेविट कार्ड, मोबाइल÷ इन्टरनेट बैंकिङ्ग, डिम्याट खाता प्रदान गर्ने छ। बैंकले देशभरका कुनै  पनि बैकको एटिएमबाट निःशुल्क रकम निकाल्न सकिने व्यवस्था समेत गरेको छ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा