उज्यालो संपद बचत तथा ऋण सहकारी संस्था लिमिटेडलले काठमाडौंको पूर्व भेगको कागेश्वरी मनहरा नगरपालीको वडा नम्बर–४ ब्रह्मखेलमा सदस्यहरुको सुविधाका लागि सदस्य सेवा केन्द्र संचालनमा ल्यायको छ ।
सदस्य सेवा केन्द्रको उदघाटन कागेश्वरी मनहरा नगरपालीका मेयर कृष्ण थापाले गनु भएको थियो । कार्यक्रममा शुभकामना दिदै थापाले पूर्व भेगको अबल सहकारी बन्ने विस्वास ब्यक्ति गरे । सदस्यको सेवामा दतचित्त भएर लागे संस्था सधै सफल हुने समेत उनीले बताए ।
सदस्य सेवा केन्द्रको उद्घाटनमा बोल्दै संस्था अध्यक्ष रमेशप्रसाद तिमल्सिनालले पूर्वी भेगका आफ्ना शेयर सदस्यहरुको सुविधालाई मध्यनजर गरी साकोसले सेवा केन्द्र विस्तार गरी कारोवार सञ्चालनमा ल्याएको बताए । संस्थाको नीतिअनुसार सदस्य बढी रहेका क्षेत्रमा यसरी नै सेवाकेन्द्र आवश्यकता अनुसार विस्तार गरिदै लैजाने उनले प्रतिवद्धता जनाए ।
संस्थाको कुल सदस्य संख्या २५६० जना, शेयर पुँजी ४ करोड ३९ लाख, बचत निक्षेप ३५ करोड, ऋण लगानी २९ करोड र कुल सम्पत्ति ४३ करोडको रहेको छ ।