• होमपेज
  • समाचार
  • पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मी निलम्बनमा

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मी निलम्बनमा

  • शनिबार, पुस ३, २०७८
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मी निलम्बनमा

पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी निलम्बनमा परेका छन् । पर्यटन बोर्डको बोर्ड बैठकले रेग्मीलाई निलम्बन गरेको हो ।

बोर्ड बैठकले रेग्मीलाई निलम्बन गरेसँगै वरिष्ठ निर्देशक नन्दिनी लाहेलाई कार्यवाहकको जिम्मेवारी दिएको छ ।

बोर्ड सीइओलाई हटाउनको लागि उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो । बोर्ड सीइओ रेग्मीले लण्डनबाट काठमाडौं फर्कने क्रममा रक्सी खाएर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत भन्सारका कर्मचारीलाई पिटेका थिए ।

कार्यकारी प्रमुखले कर्मचारीमाथि हातपात गरेको भनी समाचार आएपछि उक्त घटना सामाजिक सञ्चालमा छाएको थियो । पर्यटनमन्त्री आलेको निर्देशनमा सीइओ रेग्मीमाथि छानबिन गर्न समिति गठन भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार