• होमपेज
  • विकास बैंक
  • गरिमा विकास बैंकका एकैदिन पाँच शाखा उद्घाटन

गरिमा विकास बैंकका एकैदिन पाँच शाखा उद्घाटन

  • मङ्लबार, मंसिर ७, २०७८
गरिमा विकास बैंकका एकैदिन पाँच शाखा उद्घाटन

गरिमा विकास बैंक लिमिटेडले मंगलबार स्थापनाकालको १४औं बसन्त पार गर्दै १५औं बसन्तमा प्रवेश गरेको छ । बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा प्रत्येक वर्ष विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ र यो वर्ष पनि निम्न लिखित कार्यक्रमहरु सम्पन्न गरेको बैंकले जनाएको छ ।

बैंकले अवसरमा मंसिर ७ गते बैंकको केन्द्रिय कार्यालय लाजिम्पाट, कुमारीपाटी, सभागृह, बेनी, वालिङ्ग, वुटवल, सुनुवाल, नारायणगढ, कावासोती, विरगंज लगायतका २१ शाखा कार्यालयहरुमा पनि वृहत रक्तदान कार्यक्रम राखिएको थियो । काठमाडौंमा सम्पन्न भएको रक्तदान कार्यक्रममा यस बैंकले ओम् हस्पिटल एण्ड रिसर्च सेन्टरसँग सहकार्य गरेको हो । उक्त कार्यक्रमबाट १,१५५ प्वाइन्ट रगत संकलन भएको बैंकले जनाएको छ ।

बैंकले १५औं बार्षिकोत्सवको अवसर पारेर एकसाथ ५ वटा शाखा कार्यालयहरुको कारोबार शुभारम्भ गरेको छ । पथरी शाखा (मोरङ्ग), झुम्का शाखा (सुनसरी), सातदोबाटो शाखा (ललितपुर), माछापोखरी शाखा (काठमाडौं) र गुलरिया शाखा (बर्दिया)को एकसाथ कारोबार शुभारम्भ गरिएको हो । यस सँगै गरिमा विकास बैंकको शाखा संजाल ११५ पुगेको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैंकले नेपालको विभिन्न सहरी तथा ग्रामीण जिल्लाहरुमा ११५ शाखा कार्यालय १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरीय बैकिङ्ग कारोबार गर्दै रु. ६७.१६ अर्ब निक्षेप संकलन र रु. ६१.२१ अर्ब कर्जा लगानी गरेको छ । करिब ६ लाख निक्षेप एवं कर्जा खाताहरु मार्फत ग्राहक माझ संचालनमा रहेको यस विकास बैंकले निरन्तर आफ्नो वासलात एवं अन्य प्रमुख वित्तिय सुचकहरुमा सन्तोषजनक प्रगति गर्दै आईरहेको बैंकको दावी रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि