• होमपेज
  • अर्थ/वाणिज्य
  • प्रभु क्यापिटल र नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनबीच सम्झौता

प्रभु क्यापिटल र नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनबीच सम्झौता

  • मङ्लबार, मंसिर ७, २०७८
प्रभु क्यापिटल र नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनबीच सम्झौता

प्रभु क्यापिटल लिमिटेड र नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनबीच नेपालमा ब्रेष्ट क्यान्सर न्यूनीकरणका लागी सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार प्रभु क्यापिटलले नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनसँग “दि पिंक रिबन क्याम्पेन” सञ्चालन गर्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सहकार्य गर्नेछ ।

उक्त सम्झौतामा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकाली र नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनका तर्फबाट डा. सुजिता हिराचनले हस्ताक्षर गरेका हुन् । नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसन नेपालमा ब्रेष्ट क्यान्सर सम्बन्धी रोगको न्यूनीकरणका लागि कार्यरत गैरमुनाफामुखी संस्था हो । यसले ब्रेष्ट क्यान्सर न्यूनीकरणका लागि विभिन्न सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

फाउण्डेसनले ब्रेष्ट क्यान्सर न्यूनीकरण तथा चेतना अभिवृद्धिका लागि ‘वेयर दि पिंक रिबन क्याम्पेन’, ‘पिंक रिबन वाक’, ‘पिंक रिबन फ्लास मोब’, ‘ब्रेष्ट क्यान्सर स्क्रिनिङ्ग मेडिकल क्याम्प’, लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

सम्झौता अन्तरगत प्रभु क्यापिटलले प्रभु ऐश्वर्य लगानी व्यवस्थापन योजनामा ग्राहकको लगानी व्यवस्थापनगरी क्यापिटलले आफूले प्राप्त गरेको आम्दानीबाट फाउण्डेसनलाई सहयोग गर्नेछ । प्रभु ऐश्वर्य लगानी व्यवस्थापन योजना महिलाहरुको महान चाड तिजको विशेष अवसर पारेर महिलाहरुलाई केन्द्रित गरी उनीहरुको आर्थिक सशक्तिकरण र वित्तिय स्वतन्त्रतामा सहयोग पुर्याउने उद्देश्यका साथ शुरु गरिएको योजना हो । यो योजनामा सहभागी हुन चाहने महिला ग्राहकहरुले वार्षिक व्यवस्थापन शुल्कमा ५० प्रतिशत छुट साथै न्यूनतम  ३ लाखबाट लगानी व्यवस्थापन सेवा शुरु गर्न सक्नेछन् ।

Facebook Comments

सम्बन्धित समाचार