• होमपेज
  • रेमिटेन्स
  • प्रभु बैंक र फोरेक्स स्पोर्टबीच रेमिट्यान्स सेवा सम्बन्धी सम्झौता

प्रभु बैंक र फोरेक्स स्पोर्टबीच रेमिट्यान्स सेवा सम्बन्धी सम्झौता

  • शुक्रबार, कार्तिक २६, २०७८
प्रभु बैंक र फोरेक्स स्पोर्टबीच रेमिट्यान्स सेवा सम्बन्धी सम्झौता

प्रभु बैंकले आफ्नो विप्रेषणको दायरा बिस्तार गर्ने सिलसिलामा, प्रभु बैंक लिमिटेड र अष्ट्रेलियाको फोरेक्स स्पोर्टबीच सम्झौता गरेको छ ।

अष्ट्रेलियामा रहेका नेपालीहरुले अब फोरेक्स स्पोर्टमार्फत् नेपालमा रेमिट्यान्स पठाउन सक्नेछन् ।

प्रभु बैंकका २१४ वटा शाखा तथा प्रभु रेमिट्यान्सका १६ हजारभन्दाबढी एजेन्टबाट सहजै भुक्तानी पाउन सकिने बैंकको भनाइ छ ।

यो सेवा प्रभु बैंकको खातामा मात्रै सीमित नभई देशका अन्य बैंक तथा वित्तीय संस्थाको खातामा समेत तुरुन्तै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको बैंकको भनाइ छ ।

सम्झौताले विशेष गरी विदेशमा रहने नेपालीले गुणस्तरीय रेमिट्यान्स तथा बैंकिङ सेवा प्राप्त गर्न सक्ने बैंकको विश्वास छ ।

हाल बैंकले देशभर २१४ वटा शाखा कार्यालय, ५८ भन्दाबढी एक्टेन्शन काउन्टर र १८९ वटा एटीएम बाट १५ लाखभन्दाबढी ग्राहकलाई सेवा दिइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि