• होमपेज
  • प्रविधि
  • नेपाल टेलिकमले सार्वजनिक गर्‍यो फेस्टिबल अफर

नेपाल टेलिकमले सार्वजनिक गर्‍यो फेस्टिबल अफर

  • सोमवार, अशोज १८, २०७८
नेपाल टेलिकमले सार्वजनिक गर्‍यो फेस्टिबल अफर

नेपाल टेलिकमले चाडपर्वलक्षित अफरहरु सार्वजनिक गरेको छ। मंगलबारदेखि डेटा र भ्वाइस प्याक एवम् रिचार्ज गर्दा बोनससहितका अफर टेलिकमले ल्याएको छ।

डेटा प्याक अन्तर्गत टेलिकमले २९४ रुपैयाँमा २० जीबी डेटा १० दिनभित्र र ९८ रुपैयाँमा ६ जीबी डेटा तीन दिनभित्र प्रयोग मिल्ने अफर ल्याएको छ। एक दिनका लागि अनलिमिटेड एक एमबीपीएस गतिको अनलिमिटेड प्याक ६९ रुपैयाँमा दिने टेलिकमले जनाएको छ।

भ्वाइस सेवाअन्तर्गत टेलिकमले २५ रुपैयाँमा एक दिन (२४ घण्टा) प्रयोग गर्न सकिने ४५ मिनेटको प्याक, ४० रुपैयाँमा तीन दिन प्रयोग गर्न सकिने ८० मिनेटको प्याक र पाँच सय रुपैयाँमा ३५ दिनसम्म प्रयोग गर्न सकिने एक हजार ३ सय मिनेटको प्याक दिने जनाएको छ। यी प्याकहरु जुनसुकै समय (अल टाइम) प्रयोग गर्न सकिन्छ।

यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डेटा प्याक उपलब्ध गराइने टेलिकमले जनाएको छ। दुई सयदेखि चार सय ९९ रुपैयाँसम्म रिचार्ज गर्दा दिन दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र पाँच सय रुपैयाँभन्दा बढीको रिचार्ज गर्दा चार दिनभित्र प्रयोग गर्न सकिने १०२४ एमबी डेटा प्याक उपलब्ध हुने टेलिकमले जनाएको छ।

उल्लिखित प्याकेजहरु प्राप्त गर्नका लागि ग्राहकले *१४१५# डायल गर्नुपर्नेछ। यो अफरहरु दसैंका लागि कात्तिक २ गतेसम्म उपयोग गर्न सकिने टेलिकमले जनाएको छ। साथै, तिहार, न्हुँदया र छठको अवसरमा यी अफरहरु कात्तिक १६ देखि २४ गतेसम्म पुन: उपलब्ध हुने बताइएको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि