• होमपेज
  • वाणिज्य बैंक
  • निफ्राले गर्यो लाभांश घोषणा

निफ्राले गर्यो लाभांश घोषणा

  • मङ्लबार, अशोज ५, २०७८
निफ्राले गर्यो लाभांश घोषणा

नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राले लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले हाल कायम चुक्ता पुंजी २० अर्बको ८.५ प्रतिशतले हुन आउने नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

बैंकले पहिलो पटक लाभांश घोषणा गरेको हो ।

Facebook Comments

सम्बन्धित समाचार