• होमपेज
  • वाणिज्य बैंक
  • सेञ्चुरी बैंकले ल्यायो नयाँ बचत खाता ‘सेञ्चुरी रेमिट प्रिमियम अकाउन्ट’

सेञ्चुरी बैंकले ल्यायो नयाँ बचत खाता ‘सेञ्चुरी रेमिट प्रिमियम अकाउन्ट’

  • सोमवार, भदौ २८, २०७८
सेञ्चुरी बैंकले ल्यायो नयाँ बचत खाता ‘सेञ्चुरी रेमिट प्रिमियम अकाउन्ट’

सेञ्चुरी कमर्सियल बैंकले आफ्ना ग्राहकवर्गको मागलाई ध्यानमा राख्दै नयाँ बचत खाता ‘सेञ्चुरी रेमिट प्रिमियम अकाउन्ट’ को शुभारम्भ गरेको छ । एक हजार रुपैयाँ न्यूनतम मौज्दात भएको उक्त खातामा वार्षिक ५.५० प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने छ ।

यस खातामा अन्य बचत खातामा भन्दा १ प्रतिशत बढि ब्याज भुक्तानिका साथसाथै इन्टरनेट बैंकिङ्ग र मोबाइल बैंकिङ्ग पनि निशुल्क उपलब्ध गरिएको छ  । उक्त खातामा लकर सेवा, एटीएम र अन्य सुबिधाहरुको व्यवस्था गरिएको छ ।

रेमिट्यान्सबाट आएको रकमलाई सुरक्षित राख्न र उच्च ब्याजदर प्राप्त गर्न इच्छुक ग्राहकवर्गहरुले आफुलाई सहज हुने सेञ्चुरी कमर्सियल बैंकको कुनै पनि शाखा कार्यालयमा गई उक्त नयाँ बचत खाता ‘सेञ्चुरी रेमिट प्रिमियम अकाउन्ट’ खोल्ने सुबिधा लिन सक्नेछन् । उक्त खाता खोल्नको लागि कुनै पनि रेमिट्यान्सबाट प्राप्त रसिद भने बैंकलाई अनिवार्य उपलब्ध गराउनुपर्नेछ ।

बैंकले काठमाडौं उपत्यकामा २३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०३ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १८ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १५४ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा