• होमपेज
  • वाणिज्य बैंक
  • माछापुच्छ्रे बैंकमा अनलाईन डिम्याट खाता खोल्न सकिने

माछापुच्छ्रे बैंकमा अनलाईन डिम्याट खाता खोल्न सकिने

  • सोमवार, भदौ २८, २०७८
माछापुच्छ्रे बैंकमा अनलाईन डिम्याट खाता खोल्न सकिने

माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अनलाईन मार्फत डिम्याट खाता खोल्न सकिने सुविधा संचालनमा ल्याएको छ । विगत लामो समयदेखि डिम्याट लगायत सेयर आवेदन सम्बन्धि सम्पूर्ण सुविधा प्रदान गर्दै आएको माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै ग्राहकले जुनसुकै स्थानबाट बैंक नै नगई  आवेदन दिन मिल्ने गरी अनलाईनबाट डिम्याट खाता खोल्ने सुविधा ल्याएको हो ।

ग्राहकले अनलाइर्न मार्फत डिम्याट खाता खोल्न बैंकको वेवसाईटमा रहेको एप्लाइ नाउ सेक्सनमा मा गई वा सिधै https://www.machbank.com/demat लिंक प्रयोग गरेर सहजै अनलाईनबाट डिम्याट खाता खोल्न सक्नेछन् ।

साथै बैंकमा खाता हुने ग्राहकहरुले बैंकमा नगई सिधै डिम्याट खाता नम्बर प्राप्त गर्न सक्नेछन् भने बैंक बाहेक अन्य बैंकमा बैंक खाता रहेकाहरुले अनलाईन मार्फत डिम्याट खाता खोल्ने प्रकृया पूरा गरीसकेपछि एकपटक आफुलाई पायक पर्ने माछापुच्छ्रे बैंकको शाखा कार्यालयमा गई परिचय खुल्ने कागजात सहित स्वयं उपस्थित भएपश्चात डिम्याट खाता नम्बर प्राप्त गर्न सक्नेछन् ।

कोरोना माहमारीको जोखिम कायमै रहिरहेको समयमा, कोरोना संक्रमणबाट बच्न र यसलाई समुदायमा फैलिन नदिन साथै देशका जुनसुकै स्थानबाट समेत सजिल्यै डिम्याट खाता खोली सेयर कारोबार गर्न सहज होस् भन्ने उद्धेश्यका साथ बैंकले उक्त सेवा संचालनमा ल्याएको हो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि