• होमपेज
  • प्रविधि
  • अब खल्तीबाट आफ्नो बैंक खातामा निःशुल्क रकम पठाउन सकिने

अब खल्तीबाट आफ्नो बैंक खातामा निःशुल्क रकम पठाउन सकिने

  • सोमवार, भदौ २८, २०७८
अब खल्तीबाट आफ्नो बैंक खातामा निःशुल्क रकम  पठाउन सकिने

खल्ती डिजिटल वालेटले ग्राहकहरुको अमुल्य प्रतिक्रिया तथा सुझावलाइ मध्यनजर गर्दै खल्तीबाट बैंक खातामा निःशुल्क रकम ट्रान्सफर गर्न सकिने अफर संचालनमा ल्याएको छ । यस सेवा अन्तर्गत ग्राहकहरुले खल्तीबाट आफ्नो एक बैंक खाता सेभ गरी त्यसमा प्रत्येक अंग्रेजी महिनाको अधिकतम ५ पटक वा पाँच हजार र दैनिक ३ पटक वा पाँच हजारसम्मको रकम निःशुल्क ट्रान्सफर गर्न सक्नेछन् ।

त्यसै गरी खल्ती बाट खल्तीमा उपलब्ध कुनै पनि बैंकमा रकम ट्रान्सफर गर्ने जोकोहिले ५० प्रतिशतसम्मको क्यासब्याक पाउनेछन् । जस्तै, यदि बैंक ट्रान्सफर शुल्क २० रुपैयाा भएमा, १० रुपैयाँ क्यासब्याक तुरुन्तै प्राप्त गर्न सकिन्छ ।

खल्ती डिजिटल वालेटका मार्केटिंग अफिसर साकार केसीले भने, ‘हामीले ग्राहकहरुको अमुल्य सल्लाह तथा सुझावलाइ पहिलो प्राथमिकतामा राखि यस निःशुल्क पैसा पठाउन सकिने सुविधा कार्यान्वयनमा ल्याएका हौँ । हामीलाई विश्वास छ यो सेवाले ग्राहकहरुको समय र पैसा बचत गर्न थप टेवा पुर्याउनेछ ।’

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि