• होमपेज
  • समाचार
  • व्यवसाय गर्न सेयरधितो कर्जाको सीमा लागू हुन्न : गभर्नर

व्यवसाय गर्न सेयरधितो कर्जाको सीमा लागू हुन्न : गभर्नर

  • शनिबार, भदौ १२, २०७८
व्यवसाय गर्न सेयरधितो कर्जाको सीमा लागू हुन्न : गभर्नर

व्यवसाय गर्न चाहनेका लागि राष्ट्र बैंकको सेयर धितो कर्जा सम्बन्धी पछिल्लो नीतिले कुनै असर नपार्ने गभर्नर महाप्रसाद अधिकारीले स्पष्ट पारेका छन् ।

मार्जिन प्रकृतिको कर्जामा कसैले व्यवसाय गर्न चाहन्छ भने राष्ट्र बैंकले तोकेको ४ र १२ करोडको सीमाले नछुने उनले जानकारी दिए । शुक्रबार नाफिजले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै उनले अहिले पनि सेयर धितोमा कर्जा लिएर व्यवसाय गर्न पाउने बताए ।

उनले व्यवसाय गर्नका लागि नभइ सेयर धितो राखेर सेयरमै लगानी गर्नेलाई मात्रै उक्त सीमा तोकिएको बताए । सेयर धितो राखेर ७० प्रतिशतसम्म कर्जा पाइने उनको भनाइ छ ।

‘मार्जिन प्रकृतिको कर्जाका सन्दर्भमा कसैले व्यवसाय निरन्तरताका लागि आफूसँग रहेको कुनै पनि कम्पनीको सेयर धितोको रुपमा राख्न सक्छ । त्यसमा अहिले तोकिएको करोडको सीमाले छुँदैन,’ उनले भने ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा कुनै व्यक्ति वा संस्थाले एउटा संस्थाबाट सेयर धितोमा बढीमा ४ करोड र समग्रमा १२ करोड रुपैयाँ कर्जा लिन पाउने नयाँ व्यवस्था गरेको थियो ।

‘कुनैपनि व्यक्तिले अनलाइन व्यवसाय सञ्चालन गरिरहेको र कुनै कम्पनीको २० करोड बराबरको सेयर भएमा सेयर धितोमा मूल्यांकनअनुसार कर्जा उपयोग गर्न पाउँछ ,’ गभर्नर अधिकारीले भने, ‘तर यहाँ रिसाइकल भएको भेटिएको छ । बैंकबाट कर्जा लिने अनि सेयर खरिद गर्ने, फेरि त्यो सेयर अर्को धितो राखेर ७० प्रतिशतसम्म कर्जा लिने र अर्को डिम्याटबाट कर्जा लिने प्रवृत्ति देखिएकाले उक्त सीमा कायम गरिएको हो ।’
यस्तो सीमा अन्य देशहरुको तुलनामा धेरै राखिएको उनको भनाइ छ ।

‘मुलुकको अर्थतन्त्र आन्तरिक उत्पादनमा नभएर आयातमा निर्भर हुँदै गएको छ । भएको आन्तरिक स्रोत पनि सीमित व्यक्तिहरुको हातमा जिम्मा दिन हो भने अर्थतन्त्रलाई फरदर जग्र्राउनलाई ठहछ राष्ट्र बैंकले गरेको उनको भनाइ छ ।

अहिले सेयर मार्जिक कर्जामा सुधारको आवश्यकता देखिएकाले राष्ट्र बैंक नीतिगत सुधारको बाटोमा रहेको उनले बताए । लगानीकर्ताहरुले बैंकलाई सेयर धितो कर्जा दिन दबाबै दिएर सेयरमा लगानी गरेपछि राष्ट्र बैंकले सीमा निर्धारण गरेको भनाइ छ ।

‘कुनै विशेष व्यक्तिप्रति लक्षित नभइ सुधारका लागि राष्ट्र बैंकले गरेको नीतिगत प्रयास हो । ४/१२ करोड भनेको सानो परिमाण पनि होइन,’ उनले थपे, ‘लगानाीकर्ताहरु बैंकमा आउने मलाई २५/५० करोड लोन चाहियो सेयरमा लगाउँछु भन्दै दबाब दिने धेरै थिए,’ उनले भने ।

Facebook Comments

सम्बन्धित समाचार