• होमपेज
  • बीमा
  • नेपाल लाइफले नेशनल मर्चेन्ट बैंकको ५१ प्रतिशत शेयर खरिद गर्यो

नेपाल लाइफले नेशनल मर्चेन्ट बैंकको ५१ प्रतिशत शेयर खरिद गर्यो

  • शनिबार, भदौ १२, २०७८
नेपाल लाइफले नेशनल मर्चेन्ट बैंकको ५१ प्रतिशत शेयर खरिद गर्यो

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेशनल मर्चेन्ट बैंकरको ५१ प्रतिशत संस्थापक शेयर खरिद गर्ने गरी समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेको छ । काठमाडौंमा आयोजित एक समारोहबीच नेपाल लाइफकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं र नेशनल मर्चेन्ट बैंकरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नविन बास्कोटाले सो समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । नेपाल लाइफले उक्त शेयर खरिद गरेपछि सो कम्पनीको जारी एवं चुक्ता पूँजी  ३० करोड रुपैयाँ हुनेछ ।

कार्यक्रममा दुबै कम्पनीका संचालक समितिका अध्यक्षहरु र सदस्यहरुको उपस्थित रहेको थियो । कार्यक्रममा नेपाल लाइफका नायब महाप्रबन्धक  अमित कयालले नेपाल लाइफ इस्योरेन्सले आफ्नो लगानी इन्भेष्टमेन्ट बैंकर कम्पनीमा गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए । नेशनल मर्चेन्ट बैंकरका प्रमुख कार्यकारी अधिकृत नबिन बास्कोटाले नेपाल लाइफको व्यवस्थापनलाई धन्यवाद दिँदै आगामी दिनमा नेपाल धितोपत्र बोर्डबाट जारी गरिने अन्य इजाजतहरु पनि लिएर एउटा भरोसापूर्ण एवं बलिया बैंकर कम्पनीको रुपमा काम गर्दै जाने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले नेपाल लाइफ जीवन बीमा क्षेत्रमा सवैको विश्वास जितेर उत्कृष्ठ ब्राण्ड रहन सफल भएको बताउँदै अब नेशनल मर्चेन्ट बैंकरलाई पनि नेपालको पूँजीबजारमा सफल कम्पनीको रुपमा स्थापित गरिने बताए ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा