• होमपेज
  • वाणिज्य बैंक
  • कुमारी बैंकद्वारा ट्राफिक संकेत बत्ती हस्तान्तरण

कुमारी बैंकद्वारा ट्राफिक संकेत बत्ती हस्तान्तरण

  • शुक्रबार, साउन १५, २०७८
कुमारी बैंकद्वारा  ट्राफिक संकेत बत्ती हस्तान्तरण

कुमारी बैंक लिमिटेडले महानगरीय ट्राफिक प्रहरीको समन्वयमा काठमाडौं महानगरपालिका, वडा नं १, नक्साल भगवती मन्दिर चोकमा जडान गरिएको ट्राफिक संकेत बत्ती आज आयोजित कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरी संचालन गरिएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त ट्राफिक संकेत बत्ती जडान गर्न सहयोग गरिएको हो ।

उक्त ट्राफिक संकेत बत्तीको हस्तान्तरण पश्चात् बैंकका प्रमुख संचालन अधिकृत  रामचन्द्र खनाल तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईूले संयुक्त रुपमा ट्राफिक संकेत बत्तीको उदघाटन गरेका थिए । कार्यक्रममा महानगरीय ट्राफिक प्रहरीका पदाधिकारीहरु, वडा नं १ कार्यालयका वडाध्यक्ष, सदस्यहरु लगायत बैैंकका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुँदै बैंकका प्रमुख संचालन अधिकृत रामचन्द्र खनालज्यूले महानगरीय ट्राफिक प्रहरीसँगको यस सहकार्यबाट बैंक गौरवान्वित भएको र आगामी दिनहरुमा पनि बैंकको सहकार्य निरन्तर रहने जानकारी गराए । साथै, ट्राफिक प्रहरीसंग सम्बन्धित शुल्कहरु संकलन गर्न डिजिटल प्रविधिबाट गर्न जोड दिए ।

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बैंकले ट्राफिक संकेत बत्ती जडान गर्न सहयोग गर्नु भएकोमा धन्यवाद ज्ञापन गर्दै यस ट्राफिक संकेत बत्तीको जडानबाट यस क्षेत्रमा यातायात व्यवस्थापनमा सहज भई सवारी चाप घट्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा काठमाडौ महानगरपालिका, वडा नं. १ का वडा अध्यक्ष भरतलाल श्रेष्ठले यस किसिमका सामाजिक कार्यमा बैंकले निरन्तर सहकार्य गर्नु पर्ने र वडा कार्यालयको पनि सहयोग रहने विचार व्यक्त गरे ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि