• होमपेज
  • शेयर मार्केट
  • मैलुङ खोला जलविद्युतको आइपीओ विक्री खुला, कति कित्ता दिने आवेदन ?

मैलुङ खोला जलविद्युतको आइपीओ विक्री खुला, कति कित्ता दिने आवेदन ?

  • बिहिबार, साउन १४, २०७८
मैलुङ खोला जलविद्युतको आइपीओ विक्री खुला, कति कित्ता दिने आवेदन ?

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले आज साउन १४ गतेबाट सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

कम्पनीले निष्काशन गर्न लागेको कूल शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ, भने बाँकी ६ लाख ८४ हजार ७४६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्

कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा साउन १४ गते देखि छिटोमा साउन १८ र ढिलामा साउन २८ गतेसम्ममा आईपिओमा आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने छ । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि १० प्रतिशत शेयर विक्री गरेको थियो । बाँकी २० प्रतिशत सर्वसाधारण लागि विक्री गर्न लागिएको हो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि