• होमपेज
  • समाचार
  • बुढानिलकण्ठको होटल “पबेरा” बन्यो नेपालकै पहिलो चारतारे हेरिटेज बुटिक होटेल

बुढानिलकण्ठको होटल “पबेरा” बन्यो नेपालकै पहिलो चारतारे हेरिटेज बुटिक होटेल

  • बिहिबार, साउन १४, २०७८
बुढानिलकण्ठको होटल “पबेरा” बन्यो नेपालकै पहिलो चारतारे हेरिटेज बुटिक होटेल

काठमाडाैँकाे बुढानिलकण्ठमा हालसालै बनेकाे पबेरा हाेटेलले पहिलाे चारतारे बुटिक हाेटेलकाे प्रमाणपत्र पाएकाे छ । राधेश्याम थापाकाे स्वामित्वमा रहेकाे हाेटेल पबेरा परम्परागत शैलीमा बनेकाे हाेटेल हाे । निर्माण प्रकृया सकिएर हाेटल संचालनमा ल्याउने बेला निषेधाज्ञाले असर गरेपछि ग्रान्ड ओपनिङ हुन बाँकी रहेकाे हाेटल पवेरा नेवारी, नेपाली साथै भारतीय स्वरूपका परम्परागत शैलीमा निर्माण भएकाे छ । पबेरामा वातावनुकुलित स्विमिङ पुल, उत्कृ्ष्ट रेष्टुरेन्ट, पार्टी हलसहित शानदार स्विट र डिलक्स काेठाहरू रहेका छन् ।

हाेटल मालिक राधेश्याम थापाले हाेटेल पबेरा नेपालकै पहिलाे चारतारे हेरिटेज बुटिक हाेटलकाे प्रमाणपत्र पाएकाेमा खुशी व्यक्त गर्दै क्वालिटी र हस्पिटालिटीमा आफूले सदैव सचेत रहेर काम गर्ने बताएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार