• होमपेज
  • समाचार
  • एनआइसी एसिया क्यापिटलको अध्यक्षमा ढकाल नियुक्त

एनआइसी एसिया क्यापिटलको अध्यक्षमा ढकाल नियुक्त

  • शनिबार, साउन २, २०७८
एनआइसी एसिया क्यापिटलको अध्यक्षमा ढकाल नियुक्त

एनआइसी एसिया क्यापिटलको सञ्चालक समिति अध्यक्षमा कपिल ढकाल नियुक्त भएका छन्। क्यापिटलको शुक्रबार सम्पन्न सञ्चालक समितिको ९२ औं बैठकले उनलाई अध्यक्ष नियुक्त गरेको हो। यसभन्दा पहिला ढकाल एनआईसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । डेलोइट इन्डिया, आइसीआइसीआइ बैंक र हाम्रो विकास बैंकमा काम गरेको अनुभव भएका ढकाल चार्टर्ड एकाउन्टेन्ट पनि रहेको क्यापिटलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

उनले एनआई सी एशिया बैंकको हालको बिजनेस प्रोसेस री–इन्जिनियरिङ विभागको प्रमुखका रूपमा पनि काम गरिसकेका छन्। बैंकको उच्च व्यवस्थापन तहमा रहेर १२ वर्ष भन्दा बढीको बैंकिङ अनुभव हासिल गरेका ढकाल हाल एनआइसी एसिया लघुवित्त वित्तीय संस्थामा पनि अध्यक्ष छन्।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने