• होमपेज
  • अटो
  • हुण्डाईले गाडीका तीन नयाँ मोडल सार्वजनिक गर्दै

हुण्डाईले गाडीका तीन नयाँ मोडल सार्वजनिक गर्दै

  • सोमवार, असार ७, २०७८
हुण्डाईले गाडीका तीन नयाँ मोडल सार्वजनिक गर्दै

नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले निषेधाज्ञा खुकुलो भएसँगै तीनवटा मोडलका गाडीहरु सार्वजनिक गर्ने भएको छ।

 

कम्पनीले सान्टाफे, प्यालिसेड र आइ-२० लगायत तीनवटा मोडलका गाडी असार महिनामै सार्वजनिक गर्न लागेको उपमहाप्रवन्धक दिपक थपलियाले जानकारी दिए।

उनका अनुसार यी तीन गाडीमध्ये प्यालिसेड नेपाली बजारका लागि  नयाँ हो। एक साता भित्रै सान्टाफे र प्यालिसेड सार्वजनिक गर्ने योजना रहेको उनले जानकारी दिए। यसैगरी दुई साता पछि आइ-२० सार्वजनिक गर्ने योजना रहेको उनले बताए।

सान्टाफे र प्यालिसेड  दुवै फोर व्हिल ड्राइभ अन्तर्गतका स्पोर्ट युटिलीटी भेहिकल (एसयुभी) हुन्। स्यान्टाफे पेट्रोल इन्जिनयुक्त रहेको छ भने प्यलिसेड डिजल इन्जिनयुक्त रहेको छ। यस अघि पनि बिक्री हुँदै आएको सान्टाफेलाई नै नेपालका लागि हुण्डाइको फ्ल्यागसिप मोडल मानिँदै आएको थियो।

कम्पनीका अनुसार प्यालिसेडको सुरुवाती मूल्य दुई करोड रुपैयाँ रहेको छ  भने सान्टाफेको सुरुवाती बजार मूल्य एक करोड ६० लाख रुपैयाँ रहेको छ।  कम्पनीले यी दुईवटै गाडीको अग्रिम बुकिङ खुला गरेको उनले जानकारी दिए।

आइ-२० भारतीय बजारमा अत्याधिक रुचाइएको गाडी हो। फिचरका आधारमा आइ-२० प्रिमियम रेन्जमा पर्न आउने उनले जानकारी दिए। ह्याचब्याक सेगमेन्टको यो गाडीको आधिकारीक नेपाली बजार मूल्य सार्वजनिक नभइसकेको उनले बताए। उनका अनुसार यो गाडीको न्यूनतम नेपाली बजार मूल्य ३५ लाख रुपैयाँ भन्दा माथी निर्धारण हुनेछ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा