• होमपेज
  • बीमा
  • जनरल इन्स्योरेन्स चौथो वर्षमा

जनरल इन्स्योरेन्स चौथो वर्षमा

  • सोमवार, असार ७, २०७८
जनरल इन्स्योरेन्स चौथो वर्षमा

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड तेस्रो वर्ष पुरा गरी चौथौ वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा कम्पनीले बृद्धाश्रममा खाना खुवाउने तथा केन्द्रिय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

स्थापनाको तीन वर्षको अवधिमा कम्पनीलाई मार्गनिर्देशन गर्ने नियामक निकाय, शेयरधनी एंव शुभचिन्तकहरु प्रति कृतज्ञता व्यक्त गरेको छ । आगामी दिनहरुमा अझै गुणस्तरिय आधुनिक दिगो एंव विश्वसनीय सेवा प्रदान गर्दै जाने कम्पनीले प्रतिवद्धता व्यक्त गरेको छ ।

यस अवधिमा कम्पनीले ३९ वटा शाखा कार्यालय तथा एउटा केन्द्रिय कार्यलाय मार्फत निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको छ । कम्पनीले गत असोजमा सर्वसाधारणका लागि ३० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गरेर चुक्ता पूँजी एक अर्ब रुपैयाँ जुटाउन सफल भएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा कम्पनीले १६ करोड ३६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । स्थापना अवधिदेखि भने ५२ करोड २८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सकेको छ ।

कम्पनीले तीन वर्ष अगाडि जनरल सहित तीन वटा कम्पनीलाई बीमा समितले लाइसेन्स प्रदान गरेको थियो । सुरुवाती वर्षमा खासै आक्रामक रुपमा अगाडि नबढेको जनरलले आगामी वर्षमा आक्रामक रुपमा सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि