• होमपेज
  • बैंकिङ्ग
  • वाणिज्य बैंकको फादर एण्ड सन्स् क्याम्पेनलाई ३ लाख सहयोग

वाणिज्य बैंकको फादर एण्ड सन्स् क्याम्पेनलाई ३ लाख सहयोग

  • मङ्लबार, असार १, २०७८
वाणिज्य बैंकको फादर एण्ड सन्स् क्याम्पेनलाई ३ लाख सहयोग

राष्ट्रिय वाणिज्य बैंकले सगरमाथाको सफल आरोहण गर्ने पूर्णकुमार शेर्पा र सोनाम शेर्पाको फादर एण्ड सन्स् क्याम्पेनलाई सहयोग पुग्ने गरी चेक हस्तान्तरण गरेको छ। उनीहरुको नाता बुवा छोरोको हो।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले ‘प्रकति जोगाऔं, जलवायु परिवर्तन न्यूनिकरण गरौं’ भन्ने मुल नाराका साथ चेक हस्तान्तरण गरेको जनाएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले तीन लाख रुपैंया बराबरको चेक आरोहण दललाई संयोजन गरिरहेको संस्था ग्लोबल्ली कन्सर्न सेन्टर फर क्लाइमेट चेन्जलाई मंगलबार हस्तान्तरण गरेको बैंकले जनाएको छ।

गत मे २३ गते सगरमाथाको चुचुरोमा राष्ट्रिय वाणिज्य बैंकको झण्डा फहराइएको तस्बिर सीइओ श्रेष्ठलाई सगरमाथा आरोहीहरुले हस्तान्तरणसमेत गरेका छन्।

फादर एण्ड सन्स् क्याम्पेनले प्रकृति जोगाऔं महाअभियान अन्तर्गत सात महादेश र पाँच समुन्द्रको सफाई गर्ने बताइएको छ।

बैंकका सीइओ श्रेष्ठले वाणिज्य बैंकको झण्डा सगरमाथाको चुचुरोमा फहराएकोमा आरोहीदललाई धन्यवाद ज्ञापन गर्दै  किर्तिमान कायम गर्ने मात्र नभएर वातावरण संरक्षण गर्ने विश्व अभियानलाई सहयोग गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिएका छन्।

गत मे २३ का दिन बाबु छोराले सगरमाथाको सफल आरोहण गरी अभियान सुरु गरेको जनाएका छन्।

 

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने