• होमपेज
  • वाणिज्य बैंक
  • अक्सिजन प्लान्ट स्थापनाका लागि माछापुच्छ्रे बैंकको सहयोग

अक्सिजन प्लान्ट स्थापनाका लागि माछापुच्छ्रे बैंकको सहयोग

  • शुक्रबार, जेष्ठ ७, २०७८
अक्सिजन प्लान्ट स्थापनाका लागि माछापुच्छ्रे बैंकको सहयोग

माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गण्डकी अस्पताल पोखरामा अक्सिजन प्लान्ट स्थापनाको लागि ५ लाख रपैयाँ सहयोग गरेको छ ।

पछिल्लो समय नेपालमा बढ्दै गइरहेको दोस्रो लहरको कोरोना माहामारीको जोखीम न्युनिकरण तथा अक्सिजन अभावलाइ मध्यनजर गर्दै उक्त अक्सिजन प्लान्ट स्थापना गर्न बैंकले सहयोग गरेको हो ।

गण्डकी प्रदेशको मुख्य अस्पताल, गण्डकी अस्पतालमा बतास फाउन्डेसन द्वारा निर्माण गर्न लागिएको अक्सिजन प्लान्टको लागि बैंकले उक्त सहयोग गरेको हो । उक्त प्लान्ट स्थापना भएपछि अस्पताललाई आवश्यक पर्ने अक्सिजन उपलब्ध गराएर विरामीलाई प्रत्यक्ष लाभ पुग्नेछ।

यसैगरी माछापुच्छ्रे बैंकले सुदुरपश्चिम प्रदेशको अत्तरिया स्थित मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर किन्नका लागि ५० हजार रुर्पयाँ सहयोग गरेको छ ।

अस्पतालमा देखिएको अक्सिजन अभावलाइ मध्यनजर गर्दै बैंकले मालाखेती अस्पताललाई उक्त सहयोग गरेको हो । माछापुच्छ्रे बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न समयमा नेपाल सरकार तथा स्थानीय तहहरुमा कोरोना महामारी न्यूनिकरणका लागि सहयोग गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा