• होमपेज
  • समाचार
  • प्रवक्ता शर्मालाई कोरोना सङ्क्रमण

प्रवक्ता शर्मालाई कोरोना सङ्क्रमण

  • सोमवार, बैशाख २०, २०७८
प्रवक्ता शर्मालाई कोरोना सङ्क्रमण

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना सङ्क्रमण देखिएको छ । प्रवक्ता शर्मालाई आइतबार दिउँसो ज्वरो आउने र जीउ दुःखाइ बढेपछि स्टार अस्पताल ललितपुरमा गरिएको पिसिआर परीक्षणमा पोजेटिभ रिपोेर्ट आएको हो ।

आज बिहान पोजेटिभ रिपोर्ट आएसँगै प्रवक्ता शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कोरोना सङ्क्रमित भएको र उच्च मनोबलका साथ होम आइसोलेशनमा बसेको जानकारी दिनुभएको छ । प्रवक्ता शर्माले आफू शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक अनुप बाँस्तोलाको निर्देशन अनुरुप औषधि सेवन गरेर होम आइसोलेशनमा बसेको बताउनुभयो । उहाँले सबैलाई सजग भएर बस्नसमेत आग्रह गर्नुभएको छ ।

Facebook Comments

सम्बन्धित समाचार