• होमपेज
  • समाचार
  • घरमै बसेर जग्गाको नक्सा हेर्न र प्रिन्ट गर्न मिल्ने, ल्यान्ड इन्फर्मेसन सिस्टम तथा मेरो कित्ता डिजिटल सफ्टवेयरको शुभारम्भ

घरमै बसेर जग्गाको नक्सा हेर्न र प्रिन्ट गर्न मिल्ने, ल्यान्ड इन्फर्मेसन सिस्टम तथा मेरो कित्ता डिजिटल सफ्टवेयरको शुभारम्भ

  • बिहिबार, बैशाख २, २०७८
घरमै बसेर जग्गाको नक्सा हेर्न र प्रिन्ट गर्न मिल्ने, ल्यान्ड इन्फर्मेसन सिस्टम तथा मेरो कित्ता डिजिटल सफ्टवेयरको शुभारम्भ

जग्गा प्रशासन सम्बन्धी डिजिटल प्रविधि ‘ल्यान्ड इन्फर्मेसन सिस्टम’ तथा ‘मेरो कित्ता’ अनलाइन एप्सको आजबाट औपचारिक शुभारम्भ भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा नापी विभागको आयोजनमा भूमी प्रशासन सुशासन सम्बन्धी डिजिटल सफ्टवेयरको प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार स्वीच थिचेर उद्घाटन गरेका हुन् ।

यससंगै भूमी व्यवस्था तथा जग्गा सम्बन्धी सम्पूर्ण जानकारी, तथ्याङ्क एप्स मार्फत नै जानकारी लिन सकिने बताईएको छ । सेवाग्राहीले घरमै बसेर आफ्नो जग्गाको कित्ताकाट गर्न सक्ने र त्यसको प्रिन्ट समेत निकाल्न सक्ने छन् ।

सरकारले यस्तो प्रणाली देशैभरका मालपोत कार्यालहरुमा उपलब्ध गराइने र सो तथ्याङ्क राष्ट्रिय सर्वरमा जोडी देशैभरका जग्गा सम्बन्धी तथ्याङ्क उपलब्ध गराइने जनाएको छ ।

पहिलो पटक यो सेवा उपत्यकाका तीन स्थान कलंकी, डिल्लीबजार र भक्तपुर मालपोत कार्यालयमा उपलब्ध हुँने छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि