• होमपेज
  • बीमा
  • शिखरको ‘अटो प्लस बीमा’मा आकर्षण बढ्दो, के के पाइन्छ सुविधा ?

शिखरको ‘अटो प्लस बीमा’मा आकर्षण बढ्दो, के के पाइन्छ सुविधा ?

  • मङ्लबार, चैत्र ३१, २०७७
शिखरको ‘अटो प्लस बीमा’मा आकर्षण बढ्दो, के के पाइन्छ सुविधा ?

शिखर इन्स्योरेन्सले मंसिरबाट सुरू गरेको अटो प्लस बीमा योजनाले छोटो समयमै लोकप्रियता पाएको छ । मोटर बीमा निर्देशिका २०७३ मा समावेश नभएका सुविधा र पूर्ण राहात दिने गरि शिखर इन्स्योरेन्सले ‘अटो प्लस बीमा’ सुरु गरेको थियो ।

उक्त निर्देशिका २०७३ अनुसार मोटर बीमा पोलिसीले क्षतिको समयमा सवारीधनीलाई पूर्ण राहात दिन नसक्ने, सवारी साधनको क्षति वा चोरी हुँदा बीमाङ्क रकमसम्मको मात्र दाबी पाइने, क्षतिको मूल्याङ्कनमा ह्रासकट्टीबापत रकम काट्ने, गाडी पूर्ण क्षति भएको र अर्को नयाँ सवारी साधन खरिद गर्नु परेमा बीमित आफैंले रकम थप्नुपर्ने र उक्त गाडी मर्मत नहुञ्जेल वा नयाँ खरिद नगरुञ्जेलसम्म बीमित आफैंले यातायात खर्च ब्यहोर्नुपर्ने जस्ता ब्यबस्था भएकोले सवारी धनीलाई थप सहजता उपलब्ध गराउन आवश्यक ठानी शिखर इन्स्योरेन्सले अटो प्लस बीमा योजना सुरु गरेको थियो ।

कम्पनीले बीमा क्षेत्रकै नौलो, सवारी साधन अतिरिक्त लाभ पाउने गरी थालनी गरिएको ‘अटो प्लस बीमा योजना’ अन्तर्गत ह्रासकट्टी हटाउने, नयाँ सवारी साधन पुनस्र्थापना र दैनिक सवारी भाडा÷यातायात खर्च गरी तीन प्रकारका अतिरिक्त लाभ पाइने ब्यबस्था छ।

यो बीमालेख कार, जिप, मोटरसाइकल र स्कुटर जस्ता चार पाङ्ग्रे र दुई पाङ्ग्रे निजी सवारी साधन हुनेले मात्र लिन सक्नेछन् । अटो प्लस बीमालेखको बीमा अवधि व्यापक सवारी साधन बीमाको अवधिको समान छ । नेपालमा दर्ता भएको मितिबाट १० वर्षभन्दा कम उमेरका सवारी साधनले मात्र ‘अटो प्लस बीमा’ पोलिसी खरीद गर्न सक्नेछन् ।

सवारी साधन क्षति भई पार्टपूर्जाहरु फेर्नुपर्ने अवस्थामा सर्भेयरको प्रतिवेदन वा क्षतिको मूल्याङ्कनअनुसार भएको ह्रासकट्टीको रकम मात्र कम्पनीले भुक्तानी दिन्छ । यस्तै, अटो प्लस बीमा गर्दा सवारी साधन पुनस्र्थापना अन्तर्गत सवारी साधन पूर्ण क्षति भएमा वा चोरी भएमा पनि कम्पनीले नयाँ सवारी साधन उपल्ब्ध गराउँछ ।

बीमितले तेस्रो सुविधाका रुपमा दैनिक सवारी भाडा÷यातायात खर्च समेत पाउनेछन् । जसमा आफ्नो सवारी साधन पूर्ण क्षति वा चोरी भएको छ भने अधिकतम ३० दिनसम्म र आंशिक क्षति भएको अवस्थामा अधिकतम १४ दिन सम्मको यातायात भाडा खर्च समेत कम्पनीले उपलब्ध गराउँछ । यद्यपि, यसरी भुक्तानी हुने दैनिक भाडा दर दुई र चारपाङ्ग्रे सवारीका लागि फरक हुन्छ । भाडादर पनि सवारी साधनको मूल्यअनुसार फरक हुन्छ ।

बिगत १७ वर्षदेखि निर्जीवन बीमाको क्षेत्रमा काम गर्दै आएको शिखरको अटो प्लस बीमाले बीमितहरुका लागि नयाँ आयम थपेका कारण हाल निजी सवारी धनीहरु उत्साहित देखिएको कम्पनीले जनाएको छ । हाल नेपालमा अन्य बीमा कम्पनीसँग नभएका मौसम सूचकाङ्क बीमा र अटो प्लस बीमा कार्यक्रम शिखरका पछिल्ला पृथक बीमा योजना हुन् ।

शिखर इन्स्योरेन्समा हुन्डाइका गाडीहरुको बीमा गराउँदै आएको नेपालका लागि होन्डाइका गाडीहरुको आधिकारिक बिक्रेता इन्टरकन्टिनेन्टल प्रालिले पनि नयाँ वर्ष २०७८ साललाई लक्षित गरी ‘हुन्डाइ चढौं अघि बढौं’ अन्तर्गत एक वर्षसम्मको बीमा छुटको योजना ल्याएको छ । उक्त प्रालिले हाल नेपालभर रहेका आफ्ना १३ शोरुम र १७ सर्भिस सेन्टरहरुमार्फत ग्राहकहरुका लागि विभिन्न सुविधासहित बीमा सेवा प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि