• होमपेज
  • समाचार
  • डेभलपमेन्ट बैंकर्स एशोसिएसनको अध्यक्षमा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल निर्वाचत

डेभलपमेन्ट बैंकर्स एशोसिएसनको अध्यक्षमा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल निर्वाचत

  • बिहिबार, चैत्र २६, २०७७
डेभलपमेन्ट बैंकर्स एशोसिएसनको अध्यक्षमा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल निर्वाचत

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रद्युमन पोखरेल निर्वाचित भएका छन् । एशोसिएसनको मंगलबार सम्पन्न १५ औं वार्षिक साधारण सभाले वर्तमान उपाध्यक्ष पोखरेललाई अध्यक्षतामा निर्वाचित गर्दै एसोसिएसमा नौं सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको डेभलपमेन्ट बैंकर्स एशोसिएसनले जनाएको छ ।

एशोसिएसनको उपाध्यक्षमा सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ सुयोग श्रेष्ठ, सचिवमा महालक्ष्मी विकास बैंकका सीईओ बोधराज देवकोटा र कोषाध्यक्षमा कामना सेवा विकास बैंकको सीईओ प्रवीण बस्नेत निर्वाचित भएकाृ छन् ।

एशासिएसको पाँच सदस्यहरूमा लुम्बिनी विकास बैंकको सीईओ नरेशसिंह बोहरा, साइन रेसुंगा डेभलपमेण्ट बैंकको सीईओ प्रकाश पौडेल, ज्योति विकास बैंकको सीईओ श्रीचन्द्र भट्ट, सप्तकोशी डेभलपमेण्ट बैंक सीईओ नविन सुवेदी र ग्रीन डेभलपमेण्ट बैंकको सीईओ उमेशकुमार आचार्य छन् । एशोसिएनसमा जम्मा १५ सदस्य विकास बैँकहरु छन् । यी मध्ये १४ सदस्य विकास बैंकका सीईओको उपस्थितिमा रहेको डेभलपमेन्ट बैंकर्स एशोसिएसनले जनाएको छ ।

नवनिर्वाचित अध्यक्ष पोखरेलले विकास बैंकहरुका समस्याका बारेमा नयाँ निर्वाचित कार्यसमितिमा छलफल गरेर अघि बढ्ने बताएका छन् । उनले ९० वटा विकास बैंक घटेर २० भन्दा तल आएका छन् । यसले डेभलपमेन्ट बैंकर्स एशोसिएसनलाई झकझक्याएको छ अब विकास बैंकको अस्तित्वकै सवल भएको छ । यसले पनि डेभलपमेन्ट बैंकर्स एशोसिएसनलाई सबै विकास बैंकहरुको साझा समस्यामा एक जुट बनाउन पहल गर्ने उनले बताए ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि