• होमपेज
  • वाणिज्य बैंक
  • मेगा बैंकबाट तीन पांग्रे रिक्सा खरिद गर्न सहज हुने

मेगा बैंकबाट तीन पांग्रे रिक्सा खरिद गर्न सहज हुने

  • मङ्लबार, चैत्र १७, २०७७
मेगा बैंकबाट तीन पांग्रे रिक्सा खरिद गर्न सहज हुने

मेगा बैंक नेपाल र हंसराज हुलासचन्द एण्ड कम्पनीबीच सम्झौता भएको छ । मेगा बैंक र हंसराज हुलासचन्द एण्ड कम्पनीबीच तीन पांग्रे अटो रिक्सा खरिद गरी आफैं चलाउने चालकहरुका लागि रिक्सा नै धितो राखी कर्जा दिने सम्झौता भएको हो।

सम्झौतामा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत(सीइओ) अनुपमा खुञ्जेली र हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका सञ्चालक अभिमन्यु गोल्छाले हस्ताक्षर गरेका थिए। विपन्न तथा न्यून आय भएका रिक्सा चालकहरुलाई उद्यमी बनाउने उद्देश्यले यो सम्झौता गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ रिक्सा चालकहरुले आफ्नै स्वामित्वमा तीन पांग्रे अटो रिक्सा खरिद गरी आफैं सञ्चालन गर्नुपर्नेछ। त्यसका लागि सोही रिक्सा धितो राखे पुग्छ।

मेगा बैंककी सीइओ खुञ्जेलीले अटो रिक्सा खरिद गरी आर्थिक उपार्जन गर्न चाहने न्यून आय भएका धेरै भन्दा धेरै व्यक्तिलाई सर्वसुलभ ब्याजदरमा कर्जा उपलब्ध गराइने बताइन।

राष्ट्र बैंकको विपन्न वर्ग कर्जा निर्देशिका तथा बैंकको सरल कर्जा एवं सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही अटो रिक्सा खरिद गरी सञ्चालन गर्न चाहने चालकलाई कर्जा दिने विज्ञप्तिमा उल्लेख छ।

Facebook Comments

सम्बन्धित समाचार