• होमपेज
  • बीमा
  • शिखर इन्स्योरेन्सद्वारा कर्णालीका ९४ हजार स्याउका बिरुवाको बीमा

शिखर इन्स्योरेन्सद्वारा कर्णालीका ९४ हजार स्याउका बिरुवाको बीमा

  • बुधबार, चैत्र ११, २०७७
शिखर इन्स्योरेन्सद्वारा कर्णालीका ९४ हजार स्याउका बिरुवाको बीमा

शिखर इन्सुरेन्स कम्पनी शाखा जुम्लाले कालीकोट, मुग र जुम्लाका स्याउ किसानका करीब ९४ हजार स्याउका बिरुवा बीमा गरेको छ । किसानका लागि बीमा कार्यक्रम अगाडि बढाइएकाले किसान स्याउ बीमाप्रति उत्साहित भएको इन्सुरेन्स प्रदेशका इन्चार्ज ऋषिराम पाण्डेले बताए ।

उनले भने, “जुम्ला, कालीकोट र मुगुमा एक हजार ४१२ किसानले बीमाको क्षतिपूर्ति पाएका छन् । जुम्ला ७४७, कालीकोट ३४७ र मुगुमा ३०० स्याउ किसान बीमित भएका थिए ।” स्याउको बिरुवा बीमा गरिएअनुसार क्षतिपूर्ति वितरण शुरु गरिएको इन्चार्ज पाण्डेले जानकारी दिए ।

जुम्लामा मात्रै एक करोड ३३ लाख क्षतिपूर्ति वितरण गरिएको छ । जुम्लामा १६ हजार घरधुरीमा स्याउ खेती गर्दै आएकामा हावाहुरी र असिनाले स्याउको फलमा क्षति पु¥याएको थियो । कृषि कार्यालयका अधिकृत खेमराज शाहीका अनुसार खेतीमा क्षति व्यहोर्नु परेका किसान क्षतिपूर्ति पाउँदा खुशी भएका छन् । प्रतिबिरुवा रु २७० का दरले किसानले क्षतिपूर्ति पाउने गरेको शिखर इन्सुरेन्सले जनाएको छ ।

यस वर्ष जुम्लामा एक करोड ३३ लाख बिरुवा वितरण गरिएको छ । जिल्लामा सबैभन्दा बढी पातारासी गाउँपालिका उर्थु गाउँका स्याउ किसान अधिराज विष्टका ७०० बिरुवा बीमा गरिएको थियो । उन्लाई स्याउमा फल नलागेपछि बीमा गरेबापत एक लाख ८९ हजार प्रदान गरिएको इन्सुरेन्सले जनाएको छ ।

पाँच सय बिरुवाको बीमा गरेबापत देवी सेजुवालले रु एक लाख ३५ हजार पाएका छन् । त्यसैगरी धनबहादुर थापाले पनि ५०० बिरुवाको बीमा गरेर क्षति भएबापत रु एक लाख ३५ हजार रकम नै प्राप्त पाएका छन् । बीमाको रकम भने यस वर्ष किसानको घरमै गएर वितरण गरिएको छ । किसान विष्टले यस वर्ष स्याउ नफलेर घाटा लागेको तर बीमाले थोरै राहत गरेको बताए ।

रु एक सयमा यहाँका किसान स्वयंको दुर्घटना बीमा गरिएको छ । एक वर्षअघि जुम्ला चन्दननाथका रत्नराज गिरीको स्याउ बगैँचामै मृत्यु भएका कारण रु दुई लाखसमेत उपलब्ध गराइएको थियो । अब शिखरले पशु र घरको बीमा पनि शुरु गर्ने लक्ष्य लिएको जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि