• होमपेज
  • वाणिज्य बैंक
  • चितवनको हाकिम चोकमा एनसीसी बैंकको नयाँ शाखा संचालनमा

चितवनको हाकिम चोकमा एनसीसी बैंकको नयाँ शाखा संचालनमा

  • बुधबार, चैत्र ११, २०७७
चितवनको हाकिम चोकमा एनसीसी बैंकको नयाँ शाखा संचालनमा

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. (एनसीसी बैँक) ले चितवनको भरतपुरमा शाखा विस्तार गरेको छ । एनसीसी बैँकले चितवन जिल्लाको भरतपुर महानगरपालिका, वडा नं. ९ स्थित हाकिमचोकमा आफ्नो शाखा संचालनमा ल्याएको हो । सोमबार एक औपचारिक कार्यक्रमका बिच एनसीसी बैँकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले उक्त शाखा कार्यालयको समुद्घाटन गर्नुभयो ।
अध्यक्ष न्यौपानेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, भरतपुर महानगरपालिका वडा नं ९ का प्रतिनिधि किशोर सापकोटा अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो ।
सोही अवसरमा बैंकले विभिन्न व्यवसायहरुलाई वित्तिय कारोबारमा सहजताका लागि क्यू आर कोड हस्तान्तरण गरेको छ । क्यू आर कोड हस्तान्तरण गर्नुहुँदै एनसीसी बैँकका संचालक समिति अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले स्थानिय निकायका पदाधिकारीहरुको समन्वयमा किसान केन्द्रित कार्यक्रम ल्याई बैँकले सेवा गर्ने जानकारी दिनुभयो । साथै उहाँले बैँकिङ व्यवसाय व्यापारमुखि मात्रै नभई सेवामुखी भएकाले सेवालाई प्रधानता दिई व्यवसाय संचालन गर्नुपर्ने र एनसीसी बैँकका कर्मचारीहरुको मुख्य दायित्व नै ग्राहकको सेवा तथा सन्तुष्टी रहेको उल्लेख गर्नुभयो । बैँकले पैसाको सुरक्षा गर्ने मात्र नभई व्यापार र व्यवसायहरुलाई सहयोग गर्ने व्यवहारको विकास गरेमा ग्राहक र बैँकबिचको सम्बन्धलाई दिगो बनाउन सकिने बताउनुभयो ।

कार्यक्रममा आफ्ना भनाई राख्नुहुँदै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठले भरतपुर क्षेत्रको समग्र आर्थिक तथा सामाजिक रुपान्तरणका लागि झण्डै २० हजार निजि व्यवसायीहरु रहेको र उनिहरु सबैसंग सहकार्य गर्न सकिने धारणा राख्नुभयो । साथै उहाँले एनसीसी बैँकका कर्मचारीहरुसंग कार्य सहजता तथा उच्च स्तरको सेवा प्रदान गर्दै आएको अनुभव समेत साट्नुभयो ।

यस्तै चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले देशको अर्थतन्त्रमा उद्योग र उत्पादनसंग बैँक तथा वित्तिय सेवा बिचको सम्बन्ध तथा उद्यमशिलता प्रबद्र्धनका लागि एनसीसी बैँकको योगदान रहेको चर्चा गर्नुभयो । यसैगरि वडा नं ९ का प्रतिनिधि किशोर सापकोटाले आफु विगत १६–१७ वर्षदेखी बैँकको ग्राहक रहेको र अहिले आफ्नै घर आँगनमा बैँकको शाखा खुलेकोमा खुसि व्यक्त गर्नुभयो भने बैँकले कृषि क्षेत्र तथा रोजगारी प्रबद्र्धन हुने क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव समेत दिनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य दिनुहुँदै बैँकका सिइओ रमेशराज अर्यालले समग्र अर्थतन्त्र र व्यक्तिगत आर्थिक गतिविधिमा बैंकिङ क्षेत्रको अहम् भुमिका रहने भएकाले एनसीसी बैँकले सरल, सुलभ, समसामयिक, विश्वासिलो र सुरक्षित बैँकिङ सेवा प्रवाह गर्दै आएको र सो कार्यलाई निरन्तरता दिँदै हाकिम चोकमा शाखाको शुरुवात गरिएको उल्लेख गर्नुभयो । शाखाले चितवन जिल्लाको समग्र आर्थिक विकासका लागि सहयोग पु¥याउने अपेक्षा सहित सम्पुर्ण व्यवसायिहरुलाई बैँकमार्फत सेवा लिन अर्यालले अनुरोध गर्नुभयो ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकका ७ वटै प्रदेशमा गरि कुल १२८ शाखा संचालनमा रहेका छन् भने ८ वटा एक्स्टेन्सन काउन्टर संचालित छन् । यस्तै देशभर जम्मा १०७ वटा एटिएम सञ्चालन गरी बैँकले आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।

शाखा विस्तार संगसंगै गुणस्तरिय वित्तिय सेवा प्रदान गर्न कटिबद्ध रहेको एनसीसी बैंकले विभिन्न खालका आकर्षक र प्रभावशाली वित्तिय योजनाहरु समेत निरन्तर लागु गर्दै आएको छ । आम नागरिकका माझ विश्वासिलो बैँकिङ सेवाको छवी स्थापित गरिसकेको एनसीसी बैँक नेपाल र नेपालीको आर्थिक समृद्धिका लागि वर्षौंदेखी तल्लिन रहँदै आएको छ । आगामी दिनमा अझै कटिबद्ध भएर वित्तिय सेवामा लाग्ने प्रण बैँकले लिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार