• होमपेज
  • वाणिज्य बैंक
  • सिभिल बैंकले “ग्लोबल मनी विक” मनाउँदै

सिभिल बैंकले “ग्लोबल मनी विक” मनाउँदै

  • आइतवार, चैत्र ८, २०७७
सिभिल बैंकले “ग्लोबल मनी विक” मनाउँदै

सिभिल बैंकले “ग्लोबल मनी विक”को उपलक्ष्यमा विविध वित्तिय साक्षरता कार्यक्रमहरुको आयोजना गर्ने भएको छ । बैंकले “ग्लोबल मनी विक”को सात दिनमा प्रदेशको रोलक्रमका अनुसारले विभिन्न जनचेतना मुलक विविध वित्तिय साक्षरता कार्यक्रमहरुको आयोजन गर्ने भएको हो ।

यस्ता छन् “ग्लोबल मनी विक” कार्यक्रम

चैत्र ९ गते: प्रदेश नं १ मा अर्किड कलेज, बिराटनगरमा वित्तिय साक्षरता कार्यक्रम तथा बिर्तामोडका टेम्पुहरुमा क्यूआर कोडमार्फत भाडा भुक्तानीको थालनी गर्ने,

चैत्र १० गते: प्रदेश नं २ को जनकपुरमा वित्तिय साक्षरता कार्यक्रम तथा खुद्रा ब्यापारीहरुमा क्यूआर कोड मार्फत भुक्तानीको थालनी गरिने,

चैत्र ११ गते: बागमती प्रदेशको धुलिखेल तथा बनेपामा वित्तिय साक्षरता कार्यक्रम तथा हेटौंडाका टेम्पुहरुमा क्यूआर कोडमार्फत भाडा भुक्तानीको थालनी गरिने,

चैत्र १२ गते: गण्डकी प्रदेशको बेगनास ताल डुंगा ब्यबसायी संघमा वित्तिय साक्षरता कार्यक्रम गरिने,

चैत्र १३ गते: लुम्बिनी प्रदेशको बुटवल, मणिग्राम, तुलसीपुरमा वित्तिय साक्षरता कार्यक्रम गरिने,

चैत्र १४ गते: कर्णाली प्रदेशको बिरेन्द्रनगर सुर्खेतमा वित्तिय साक्षरता कार्यक्रम गरिने,

चैत्र १५ गते: सुदुर पश्चिम प्रदेशको धनगढी, जानकी, आदर्श, बन्निगढ, लम्किचुहा र भजनीमा वित्तिय साक्षरता कार्यक्रम गरिने,

यी वित्तिय साक्षरता कार्यक्रमहरुमा बैंकले अहिलेको डिजिटल युगमा विभिन्न विद्युतिय कारोवारका माध्यमहरुका फाइदाहरुका बारेमा श्रब्य दृश्य सामाग्री सहितको प्रस्तुति गरिने बैंकले जनाएको छ । साथै  बैंकले आफ्नो सामाजिक संजालमार्पmत सात प्रमुख विद्युतिय माध्यमहरु (मोवाइल एप, क्यूआर कोड, एटिएम, ईन्टरनेट बैंकिंग, कनेक्ट आइपियस, पिओयस र डिजिटल वालेट)को बारेमा चेतनामुलक सामाग्रीहरुको प्रशारण गर्ने योजना रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)