• होमपेज
  • वाणिज्य बैंक
  • सिटिजन्स बैंकका ग्राहकलाई त्रिसरा रेस्टुरेन्टमा विशेष छुट

सिटिजन्स बैंकका ग्राहकलाई त्रिसरा रेस्टुरेन्टमा विशेष छुट

  • आइतवार, चैत्र ८, २०७७
सिटिजन्स बैंकका ग्राहकलाई त्रिसरा रेस्टुरेन्टमा विशेष छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र त्रिसरा रेस्टुरेन्ट एण्ड बारबीच बैंकका ग्राहकलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट क्रेडिट÷प्रिभिलेज कार्डवाहकहरुले त्रिसरा रेस्टुरेन्ट एण्ड बारको  दरबारमार्ग, लाजिम्पाट, पोखरा लगायत देशै भरि रहेका शाखाहरुबाट सेवा लिंदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना आदरणीय ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटली च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार