उज्यालो संपद बचत तथा ऋण सहकारी संस्था लि.ले सदस्य शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । उज्यालो संपद साकोसले यही फागुन २९ गते आफ्नो स्थापना दिवसको अवसरमा नगरकोटमा एक दिने सदस्य शिक्षा कार्यक्रम आयोजना गर्न लागेको हो ।
कार्यक्रममा वृहत रक्तदान एवं सदस्यहरुलाई सहकारी शिक्षा पनि दिने संस्थाका अध्यक्ष रमेश प्रसाद तिमिल्सिनाले जानकारी दिनु भयो । हाल संस्थामा २४ सय ५३ जना सदस्यहरु रहेका छन । यी मध्ये नियमित मासिक बचत गर्ने १३ सय सक्रिय बचतकर्ता रहेका छन । सदस्य शिक्षा कार्यक्रममा सदस्यहरुलाई सहकारी सम्बन्धि जानकारी, सहकारी संस्था सञ्चालनको प्रक्रिया, विधी र यसको आवश्यकताका बारेमा जानकारी दिन यस्तो कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष रमेश प्रसाद तिमिल्सिनाको भनाई छ ।
उज्यालो संपद बचत तथा ऋण साकोसले सामाजिक उत्तरदायित्व अन्र्तगत बार्षिक रुपमा रक्त्तदान कार्यक्रमको आयोजना गर्ने गरेको छ । यसको अलावा संस्थाले सदस्यहरुलाई विभिन्न किसिमका राहत कार्यक्रमहरु संचालन गर्दै आएको छ । जस अन्र्तगत आफ्ना सदस्यको मृत्यु भएमा राहत वापत रु. १० हजार सहयोग उपलव्ध गराउदै आएको छ भने एकाघरको सदस्यको मृत्यु भएमा रु. ५ हजार, ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई वार्षिक रु. २ हजार, महिला सदस्यहरुलाई सुत्केरी भएमा रु. २ हजार र सदस्यहरु स्थाई अशक्त भएमा वा प्राण घातक रोग लागेमा सदस्य सहुलियतका लागि रु. १० हजार प्रदान गर्ने गरेको बताउनु हुन्छ संस्थाका प्रमुख कार्यकारी अधिकृत नविन नेपाल ।
साविकको उल्यालो बचत तथा ऋण सहकारी संस्था लि, संपद बचत तथा ऋण सहकारी संस्था लि र माकलबारी बचत तथा ऋण सहकारी संस्था लि संस्था एकीकरण पछिको पहिलो सदस्य शिक्षा कायक्रमको हो । संस्थाको केन्द्रिय कार्यालय चाबहिलमा अवस्थित छ भने जोरपाटीको नारायणटार र माकलबारीमा सदस्य सेवा केन्द्र संचालन हुदै आएको छ ।