• होमपेज
  • विकास बैंक
  • गरिमा विकास बैंकको १४औं बार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा बस्याल नियुक्त

गरिमा विकास बैंकको १४औं बार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा बस्याल नियुक्त

  • शुक्रबार, माघ ३०, २०७७
गरिमा विकास बैंकको १४औं बार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा बस्याल नियुक्त

गरिमा विकास बैंक लिमिटेडको साधारणसभाले शेयरधनीहरुलाई १३.५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश गरि कुल १४.२१ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न १४ औं बार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी समुहतर्फ संचालकहरु श्याम प्रसाद बस्याल, डा. आनन्द प्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समुहतर्फबाट बिमल पाण्डे, संजिव ढकाल र सरस्वती पाठक निर्विरोध निर्वाचित हुनुभएको छ । साथै साधारणसभा सम्पन्न भए पश्चात बसेको विकास बैंकको सञ्चालक समितीको बैठकले सञ्चालक श्यामप्रसाद बस्याललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।

३ अर्ब २३ करोड ८६ लाख ८९ हजार चुक्ता पुंजी रहेको विकास बैंकको १३.५ प्रतिशत बोनश शेयर वितरण पश्चात् चुक्ता पुंजी ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार पुगेको छ । साधारण सभाको लागि २०७७ माघ १२ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा २०७७ माघ ११ गते सम्मका यस विकास बैंकका शेयरधनीले मात्र साधारणसभाबाट पारित बोनश शेयर प्राप्त गर्नेछन ।
गरिमा विकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास बैंक हो । काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल देशभर १०६ शाखा र ५१ वटा एटीएम संचालनमा छन ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा